हेल्थ टुडे,
काठमाडौं, १५ माघ : शहिद गंगालाल हृदयरोग केन्द्रले मुटु रोगको सहज उपचारका लागि पहिलो पटक राजधानी बाहिर आफ्नो सेवा विस्तार गर्ने भएको छ । केन्द्रले मुटुरोगको सेवालाई राजधानी बाहिर बिस्तार गर्न भेरी अञ्चल अस्पताल र जनकपुर अञ्चल अस्पतालसंग औपचारिक सम्झौता गरेको छ । केन्द्रले आफ्नो २२ औं बार्षिकोत्सवको अवसरमा सोमबार राजधानीमा आयोजना गरिएको बार्षिकोत्सब कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले मुटु रोगको राजधानी केन्द्रित उपचार सेवा बिस्तार गर्न पहिलो चरणमा दुई अस्पतालबाट सुरु गर्न लागिएको बताए । देश संघियतामा गइसकेकोले मुटु रोग उपचार सेवालाई सात वटै प्रदेशमा बिस्तार गर्ने योजना केन्द्रको रहेको डा. शर्माले जानकारी दिए ।
मुटु रोगको उपचार सेवा राजधानी बाहिर नभएकाले मुटु रोगको उपचारका लागि देश भरिका विरामीले काठमाडौं आउनु पर्ने बाध्यता छ । राजधानीमा गंगालाल हृदयरोग केन्द्र बाहेक मनमोहन कार्डियो भास्कुलर तथा थोरासिस सेन्टर, वीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा पनि मुटु रोगको उपचार सेवा उपलब्ध छ । मुटु रोग उपचारका लागि गंगालाल हृदय रोग केन्द्र देशकै विश्वासिलो अस्पतालको रुपमा लिइन्छ । २२ वर्ष पहिले ९ शैयाबाट सुरु भएको यो केन्द्र अहिले २०० शैयाको छ । गत वर्षमात्र केन्द्रले १ लाख ५० हजार विरामीले मुटु रोगको उपचार सेवा लिएका थिए ।
Leave a Reply