• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरी पक्राउ परे राजधानीबाट २० जना अवैध विदेशी डाक्टर 

January 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी पक्राउ परे राजधानीबाट २० जना अवैध विदेशी डाक्टर 

हेल्थ टुडे

काठमाडौँ, १५ माघ :   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) र नेपाल मेडिकल काउन्सिलको संयुक्त अनुगमन टोलीले गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी डाक्टरलाई राजधानीबाट पक्राउ गरेको छ । अबैध रुपमा चिकित्सकिय अभ्यासमा संलग्न रहेका उनीहरुलाई संयुक्त अनुगमन टोलीले विभिन्न अस्पतालबाट चिकित्सकीय अभ्यास गरिरहेका बेला पक्राउ गरेको हो । अनुगमन टोलीमा संलग्न नेपाल मेडिकल काउन्सिलका एक सदस्यका अनुसार उनीहरुलाई ठमेलस्थित अपोलो अस्पताल, लैनचौरस्थित सिभिक्ट क्लिनिक र बौद्यस्थित चाइनाग्रेटवाल अस्पतालबाट पक्राउ गरिएको हो ।

यी तिनवटै अस्पतालमा कार्यरत अधिकांश विदेशी चिकित्सकले कानूनी प्रकृया पुरा नगरि अभ्यास गरिरहेको उजुरी परेपछि छापा हानेर पक्राउ गरिएको हो ।  ती सदस्यका अनुसार पक्राउ गरिएका मध्ये कुनैपनि व्यक्ति नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय अभ्यासका लागि स्वीकृति लिएका छैनन् । टोलीमा संलग्न ती सदस्यले भने , ‘उनीहरुको डाक्टरकै रुपमा काम गरेको पाइयो तर उनीहरुले काउन्सिलसंग कुनै स्वीकृत लिएका छैनन् ।’ सीआईबीले अनुसन्धान प्रक्रिया नसकिएकाले उनीहरुको नाम सार्वजनिक नगरिएको बताएको छ । काउन्सिल ऐन अनुसार कुनै पनि विदेशी चिकित्सकले नेपालमा चिकित्सकिय अभ्यास गर्न पूर्व स्विकृति लिनु पर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गंगालाल हृदयरोग केन्द्रले भेरी र जनकपुरमा सेवा बिस्तार गर्ने  
Next article दुर्गम क्षेत्रका जिल्ला अस्पतालमा हुने शल्यक्रियाको अवस्था दयनिय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web