• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

August 18th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

हेल्थ टुडे,

काठमाडौं, २ भदौ : लागु औषध प्रयोगकर्ता तथा एचआईभी संक्रमितलाई अपराधीका रूपमा व्यवहार नगरी उनीहरूको उपचार, पुनःस्थापना र सामाजिक पुनःएकीकरणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। रिकभरिङ  नेपालले मंगलबार राजधानीमा आयोजना गरेको ‘लागु औषध तथा एचआईभी राजनीतिक प्रतिबद्धता राष्ट्रिय बहस’ कार्यक्रममा प्रतिनिधिसभाका सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अधिकारी तथा सरोकारवाला संस्थाका प्रतिनिधिले लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितमाथि हुने विभेद तथा लाञ्छना अन्त्य गर्न राज्यको नीति र व्यवहार परिवर्तन गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठले लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई राज्यले अपराधीसरह व्यवहार गर्दा उनीहरू समाजमा सम्मानपूर्वक बाँच्नबाट वञ्चित भएको बताइन्। विगतमा जे भए पनि अब राज्यले यी समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।

“लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई राज्यले हेर्ने नजर फरक हुनुपर्छ। यो मुद्दा सम्बोधन गर्न संसदमा मेरो उपस्थिति छ। अब यो काम हुन्छ,” सांसद श्रेष्ठले भनिन्।

रास्वपाकै सांसद विश्वराज पोखरेलले लागु औषध प्रयोगको असर प्रयोगकर्तामा मात्र सीमित नरही परिवार र समाजसम्म पुग्ने बताए। उनले समस्या समाधानका लागि दोषारोपणभन्दा सुधारको अवसर दिनुपर्नेमा जोड दिए।

नेकपा एमालेकी सांसद साजिका अन्सारीले लागु औषधसम्बन्धी लामो समयदेखि संसदमा अड्किएका कानुनलाई अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद आशा लामाले लाञ्छना र घृणाभन्दा माया, सहयोग र पुनःस्थापनामार्फत लागु औषधको लतबाट मुक्त गराउनुपर्ने धारणा राखिन्।

राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले लागु औषध प्रयोगकर्ता तथा एचआईभी संक्रमितमाथि हुने लाञ्छना र विभेद अन्त्य गर्न सरकारको प्रयास मात्र पर्याप्त नहुने बताए। यसका लागि राजनीतिक दल, नागरिक समाज, स्वास्थ्य क्षेत्र र समुदाय सबैको सकारात्मक पहल आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की बिन्दा मगरले राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाबीच लागु औषध तथा एचआईभीका विविध विषयमा भएको छलफलले नीति निर्माणमा सकारात्मक योगदान पु¥याउने बताइन्।

रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु फुयाल शर्माले नेपालमा एक लाख ३० हजारभन्दा बढी लागु औषध प्रयोगकर्ता रहेको जानकारी दिँदै यो समस्या समाधानका लागि सरकार, राजनीतिक दल, स्वास्थ्य संस्था, नागरिक समाज र समुदायको साझा प्रयास आवश्यक रहेको बताए।

कार्यक्रमका सहभागीहरूले लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधीकरण गर्नेभन्दा उपचार, पुनःस्थापना, रोजगारी तथा सामाजिक पुनःएकीकरणका अवसर उपलब्ध गराउने नीति आवश्यक रहेको बताएका थिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त
Next article स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web