• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

August 13th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

हेल्थ टुडे,
काठमाडौं, २८ साउन : एचआईभी, क्षयरोग र मलेरिया नियन्त्रणका लागि नेपालले पाउँदै आएको ग्लोबल फण्डको सहयोग व्यवस्थापन गर्ने प्रिन्सिपल रिसिपिएन्ट (पिआर) का रूपमा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) लाई नै निरन्तरता दिने निर्णय भएको छ । घट्दो अन्तर्राष्ट्रिय अनुदान र स्वास्थ्य सेवाको निरन्तर आवश्यकता रहेको अवस्थामा कार्यक्रम नरोकिने र उपलब्ध स्रोतको प्रभावकारी उपयोग हुने आधारमा यो निर्णयलाई हेरिएको छ ।

पिआरले ग्लोबल फण्डबाट प्राप्त रकमको व्यवस्थापनसँगै कार्यक्रमको वित्तीय तथा कार्यान्वयनसम्बन्धी समग्र जिम्मेवारी सम्हाल्छ । नेपालमा एचआईभी, क्षयरोग र मलेरियासम्बन्धी कार्यक्रम सरकारसँगै नागरिक समाज तथा समुदायमा आधारित संस्थाको सहकार्यमा सञ्चालन हुँदै आएका छन् । विशेषगरी लागुऔषध प्रयोगकर्ता, यौनकर्मी, एलजीबीटीआई समुदाय तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समूहसम्म सेवा पु¥याउन समुदायमा आधारित संस्थाको भूमिका महत्वपूर्ण रहँदै आएको छ । पिआर छनोटका लागि युएनडिपी, युएनओपिएस, प्लान इन्टरनेशनल र सेभ द चिल्ड्रेनले प्रस्ताव पेस गरेका थिए । प्रस्तावहरूको मूल्यांकन र स्कोरिङपछि युएनडिपीलाई निरन्तरता दिइएको हो । उपलब्ध जानकारीअनुसार युएनडिपी र युएनओपिएसबीचको स्कोर अन्तर करिब ०.५३ अंक मात्र थियो। तर निर्णयमा अंकसँगै कार्यक्रमको निरन्तरता, व्यवस्थापकीय अनुभव, संक्रमणको लागत र वित्तीय जोखिमलाई समेत हेरिएको देखिन्छ ।

नेपालमा युएनडिपीसँग ग्लोबल फण्ड कार्यक्रम व्यवस्थापनको लामो अनुभव छ । सन् २००२ देखि ग्लोबल फण्डसँग जोडिएर काम गरेको अनुभव, सरकारी निकाय तथा नागरिक समाजसँगको समन्वय र स्थापित वित्तीय तथा कार्यक्रमगत प्रणालीलाई निरन्तरताको प्रमुख आधार मानिएको छ । नयाँ पिआर ल्याउँदा कर्मचारी, साझेदार संस्था, सम्झौता, खरिद, वित्तीय प्रणाली, रिपोर्टिङ र डेटा व्यवस्थापनलगायतका संरचना पुनः व्यवस्थित गर्नुपर्ने भएकाले समय र अतिरिक्त खर्च लाग्न सक्छ ।

यसैबीच आगामी चरणमा नेपालले पाउने ग्लोबल फण्डको सहयोग अघिल्लो करिब ५९ मिलियन अमेरिकी डलरबाट घटेर करिब ४४–४७ मिलियन डलरको आसपास हुने बताइएको छ । स्रोत घट्दै गएको अवस्थामा नयाँ संरचना निर्माणमा ठूलो खर्च गर्नुको सट्टा स्थापित प्रणालीलाई सुधारसहित निरन्तरता दिनु व्यावहारिक हुने देखिन्छ । तर युएनडिपीको निरन्तरता सुविधामात्र नभई थप जिम्मेवारी पनि हो । वित्तीय पारदर्शिता, कार्यक्रम खर्चमा दक्षता, सरकार र नागरिक समाजबीच प्रभावकारी समन्वय तथा समुदायसम्म सेवाको पहुँच सुनिश्चित गर्न उसले अझ बढी जवाफदेही हुनुपर्ने देखिन्छ । साथै सरकारले पनि यस अवधिलाई वित्तीय व्यवस्थापन, खरिद, अनुगमन, डेटा व्यवस्थापन र कार्यक्रम सञ्चालनमा आफ्नो क्षमता विकास गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने आवश्यकता छ ।

अन्ततः पिआरको बहस संस्थाभन्दा एचआईभीसँग बाँचिरहेका व्यक्ति, क्षयरोगका बिरामी, मलेरियाको जोखिममा रहेका समुदाय तथा अन्य जोखिममा रहेका समूहले पाउने सेवामा केन्द्रित हुनुपर्ने देखिन्छ । घट्दो स्रोतका बीच कार्यक्रम अवरुद्ध नहुने, औषधि तथा उपचार निरन्तर रहने र समुदायमा रोकथाम तथा स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुग्ने कुरा नै आगामी चरणको मुख्य प्राथमिकता बन्नु

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु
Next article मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web