• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

August 15th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

हेल्थ टुडे,
काठमाडौं, ३० साउन : भारतको नयाँदिल्ली स्थित अपोलो अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. कुलदीप सिंहले ८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको पार्न सकिने बताएका छन् । अपोलो अस्पतालद्वारा शनिबार राजधानीमा आयोजना गरिएको प्लास्टिक सर्जरी र एआईमा आधारित रोबोटिक उपचारका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा डा. सिंहले जलेका विरामीलाई २४ घण्टा भित्रै अस्पताल पुर्याउन सकियो भने उपचार सम्भव भएको बताए ।

गत वर्ष जेन्जी आन्दोलनका क्रममा जलेर गम्भिर अवस्थामा पुगेकी पुर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचार पनि आफुले गरेको स्मरण गर्दै डा. सिंहले भने, चित्रकारको अवस्था गम्भिर थियो । अपोलोको अस्पतालको टीमको अथक प्रयाय पछि हामी उहाँलाई निको बनाउन सफल भयौ । नेपालमा पनि राम्रा प्लास्टिक सर्जनहरु भएको तर यहाँ आधुनिक प्रविधि र उपकरणको कमिले गम्भिर प्रकृतिको विरामीलाई भारत अथवा अन्य देश रिफर गर्नु पर्ने अवस्था रहेको डा. सिंहले बताए । अपोलो अस्पतालमा पछिल्ला वर्षमा एआईमा आधारिकत रोबोटिक सर्जरीका कारण उपचार सहज भइरहेको उनले बताए । अपोलो अस्पतालका अर्का वरिष्ठ जनरल सर्जन डा. अरुण प्रसादले
नेपालमा पनि रोबोटिक सर्जरी सुरु भएपछि विरामीलाई अन्य देश रिफर गर्नु पर्ने अवस्था हटेर जाने बताए । डा. प्रसादले अपोलो हस्पिटलले प्रयोगमा ल्याएको एआईमा आधारित रोबोटिक सर्जरीका विषयमा भिडियो मार्फत सविस्तार जानकारी गराएका थिए । भारतको नयाँ दिल्ली सहित विभिन्न भागमा ७६ साखा मार्फत उपचार सेवा प्रदान गरिरहेको अपोलो अस्पतालमा १० हजार भन्दा बढी शैया छन् । अस्पतालले अहिलेसम्म ३ लाख भन्दा बढी त एन्जियोप्लास्टी मात्र गरेको जनाएको छ । धेरै नेपाली विरामी पनि उपचारका लागि अपोलो जाने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’
Next article बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web