हेल्थ टुडे
काठमाडौं : मेडिकल ल्यावोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान),काठमाडौं साखाको अध्यक्षमा भोला पौडेल चयन भएका छन् । काठमाडौं मेलानको शनिबार राजधानीमा भएको अधिवेशनले काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत मेडिकल टेक्नोलोजिष्ट पौडेलको अध्यक्षतामा १५ सदस्यिय जिल्ला समिति चयन भएको हो । समितिको उपाध्यक्षमा निरञ्जन खनाल, सचिवमा पुस्करनाथ अर्याल, सहसचिवमा आशिष श्रेष्ठ र कोषाध्यक्षमा फणीन्द्र ज्ञवाली चयन भएका छन् । उक्त अधिवेशन डा.तारानाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मेलानका महासचिव राजेन्द्र खड्काले गुणस्तरीय प्रयोगशाला सेवा प्राप्त गर्न यो क्षेत्रमा कार्यरत जनशक्तीको सेवा सुविधा र क्षमता अभिवृदिमा ध्यान दिनु पर्ने बताए । मेलानका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद रिजालले व्याप्त विकृति बिसंगती हटाएर यो क्षेत्रलाई सम्मानित र सेवामूलक पेसाका रुपमा उभ्याउन सबैले आफ्नो क्षेत्रबाट इमान्दार भएर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
Leave a Reply