• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

क्यान्सर भइहाले के गर्ने ?

February 4th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर भइहाले के गर्ने ?

डा. अम्बुज कर्ण,

नेपालमा क्यान्सर रोगीको संख्या कति छ त्यसको एकिन तथ्यांक छैन । तर पछिल्ला वर्षमा क्यान्सरका रोगीको संख्या भने बढी रहेको छ । नेपालमा हुने क्यान्सर रोगीहरु मध्ये सबै भन्दा बढी फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । त्यसपछि स्तन क्यान्सर र तेश्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर । विरामीको चापको तुलनामा क्यान्सर विशेषज्ञ र उपकरणको भने नेपालमा अभाव नै छ ।  विश्व स्वास्थ्य संगठनले प्रत्येक १० लाख जनसंख्यामा क्यान्सर उपचारका लागि कम्तिमा पनि एक रेडियो थेरापी मेसिन आवश्यक पर्छ भनेको छ । तर हाम्रो देशमा मुस्किलले ६। ७ वटा छन । रेडियो थेरापिस्ट पनि २५ भन्दा बडी छैनन ।  अंकोलोजिस्ट पनि कम नै छन । मेडिकल फिजिसिस्टको पनि अभाव नै छ । यति हुदा हुदै पनि क्यान्सर उपचारका क्षेत्रमा कुनै सुधार नै भएको छैन भन्न खोजेको होइन । क्यान्सरका छुट्टै अस्पताल खोल्ने क्रम जारी छ । यसले कुनै न कुनै रुपमा विरामीलाई सहज भएको छ ।

वीरमा क्यान्सरको उपचार

नेपालमा क्यान्सरको उपचार सबैभन्दा पहिले बीर अस्पतालमा सुरु भएको हो । प्रजातन्त्र पुनस्र्थापना पछि डा.तारा मानन्धरले क्यान्सर उपचार सुरु गर्नु भएको हो । अहिले वीर अस्पतालमा ५ जना क्यान्सर रोग विशेषज्ञले सेवा दिइरहेका छौ । हाम िवीरमा हरेक दिन ५० जति क्यान्सरका विरामी हेर्छौ । रेडियो थेरापी बाहेकका सेवा दिइरहका छौ । रेडियो थेरापी विगत दुई वर्षदेखि बिग्रिएको छ । नयाँ किन्न टेण्डर भइरहेको छ । केमो थेरापी सेवा उपलब्ध छ । इपालिएटिभ केयर दिइरहेका छौ । तर पछिल्ला दिनमा क्यान्सरकै लागि छुट्टै अस्पताल खुलेकाले वीरको उपचार छाँयामा परेको छ ।

फोक्सोको क्यान्सर

नेपालमा क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको छ । त्यसमा पनि फोक्सोको क्यान्सरका विरामीको संख्या उल्लेखनिय छ । फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । नेपालमा ९० प्रतिसतलाई फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । १० प्रतिसतलाई भने धूमपान नगरे पनि फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । कुनै कुनैलाई बंशानुगत त कसैलाई वातावरणीय कारणले पनि हुन सक्छ । धूमपानका कारणले हुने भएकाले फोक्सोको क्यान्सरलाई हामी रोकथाम गर्न सक्छौ । तर धूमपान गर्ने बानी त्यति सजिलै मानिसले छोड्न सक्दैन । हो, पहिलोको तुलनामा अहिले धूमपान गर्ने व्यक्तिको संख्या केही घटेको जस्तो लाग्छ । सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने कानून बनाएको छ । जनचेतना केह िबिस्तार भएको छ । तर यसको परिणाम आउन समय लाग्छ । हुनसक्छ अवको २० बर्ष पछि नेपालमा फोक्सोको क्यान्सरका विरामी कम हुन सक्लान । फोक्सोको क्ययान्सरका विरामीको संख्या बढ्दै जानुको अर्को कारण हो अहिले विरामी उपचारमा आउन थालेका छन । पहिले उपचार मै नआई मृत्यु हुन्थ्यो । क्यान्सर भए नभएको थाहै हुदैनथियो । अहिले त्यो अवस्था छैन् ।

उपचारमा फड्को

क्यान्सरको उपचारमा पछिल्लो एक दशकमा निकै प्रगति भएको छ । विरामीहरुमा पनि जनचेतना बढेको छ । पहिले पहिले चौथो स्टेजमा पुगेपछि मात्र उपचारका लागि बल्ल डाक्टर कहाँ आउथे । तर अहिले दोश्रो र तेश्रो स्टेजमा आउन थालेका छन् । पहिलो र दोश्रो स्टेजमा आएकाहरुको रोग निको पार्न सकिन्छ । अहिले हामी टारगेटेड थेरापी, इम्युनो थेरापी लगायतका उपचार विधि मार्फत विरामीलाई सहज उपचार गर्ने गरेका छौ । पहिले पहिले चौथो स्टेजमा पुगेका विरामीको बाच्ने संभावना निकै कम हुन्थ्यो तर अहिले ५० प्रतिसत विरामी ५ वर्षसम्म बाच्न सक्छन । क्यान्सरका छुट्टै अस्पताल खुल्ने क्रम जारी छ । यी अस्पतालहरुले उपचारमा नयाँ नयाँ प्रविधी भित्र्याइरहेको छन । एमआईआए, प्याथोलोजी, पेट स्क्यान, रेडियो थेरापी, टारगेटेड थेरापी जस्ता सेवाले क्यान्सर उपचार सहज बनाएको छ ।

फोक्सोका क्यान्सर कसरी निको पार्ने ?

फोक्सोमा लागेको क्यान्सरको उपचार भनेको त्यो भागलाई शल्यक्रिया गरि काटेर फाल्ने हो । दोश्रो स्टेजसम्म पुगेको क्यान्सरलाई शल्यक्रिया मार्फत फाल्न सकिन्छ । यसको उपचारमा रेडियोथेरापी बढी प्रभावकारी देखिएको छ । सुरुको अवस्थामा पत्ता लागेको क्यान्सर निको पार्न सकिन्छ ,स्टेरियो ट्याक्टिक थेरापीका माध्यमबाट । पूर्व प्रधानमन्त्री स्वर्गिय सुुसिल कोइरालाको अमेरिकामा यी थेरापी मार्फत क्यान्सरको उपचार गरिएको थियो । यसलाई शल्यक्रियाको विकल्पमा लिने गरिन्छ ।

क्यान्सर भइहाले के गर्ने ?

अधिकांस मानिस आफुलाई क्यान्सर भएको थाहा भए पछि तर्सिन्छन । आत्तिन्छन । उनीहरु के गर्ने ? कहाँ गएर उपचार गर्ने ? भन्दै विभिन्न व्यक्ति, स्वास्थ्यकर्मि, चिकित्सक कहाँ गएर सल्लाह लिन्छन । विभिन्न व्यक्तिले भिन्ना भिन्नै सल्लाह दिन्छन । यसरी सल्लाह दिनेले सही सल्लाह नै दिन्छन भन्ने छैन । त्यसैले सकभर क्यान्सरका विषयमा सल्लाह लिदा क्यान्सर रोग विशेषज्ञ कहाँ गएर सल्लाह लिनु पर्छ ।

अन्तिम अवस्थामा पुगिसकेको क्यान्सरलाई पूर्ण रुपमा निको पार्न नसकिएला । अब निको हुने होइन किन उपचारमा खर्च गर्ने भनेर बस्नु हुदैन । उपचारले व्यक्तिको जिवन सहज बनाउछ । ओछ्यानमा सुतेर ६ वर्ष बाच्नु भन्दा हिडडुल गर्दै १ महिना बाच्नु राम्रो मानिन्छ । अहिले दुखाई क म गर्ने देखि जिवन सहज बनाउने उपचार विधि उपलब्ध छन । रोगका बारेमा चिकित्सकले विरामी र उनका आफन्तलाई थाहा दिनु पर्छ । यो उनीहरुको सूचनाको अधिकार पनि हो । कुन रोग लागेको छ ? उपचार विधि के प्रयोग गर्दै छौ ? यसमा कति जति खर्च लाग्छ होला ? यी कुराको सही जानकारी दिनु पर्छ । तर यस्ता जानकारी दिदा विरामी र उनका आफन्तलाई हतोत्साहित गर्ने किसिमले भने गर्नु हुदैन । मनोवल बढाउने किसिमले दिन जान्नु पर्छ । हाम्रो देशमा विरामीका आफन्त सही कुरा विरामीलाई नभिन्दिए हुन्थ्यो भन्ने ठान्छन । त्यसैले अधिकांश चिकित्सक विरामीलाई रोगका बिषयमा सही सूचना दिन मान्दैनन । तर चिकित्सकले विरामी र उनका आफन्तको मनोबल गिर्न नदिने किसिमले सही सूचना दिनु नै दुबै पक्षको हितमा हुन्छ । ( डा. कर्ण, वीर अस्पतालमा कार्यरत फोक्सो क्यान्सर रोग विशेषज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौं मेलानमा पौडेल  
Next article प्रदेशका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै कर्मचारी सचिव हुनु पर्ने माग

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132567
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web