• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

क्यान्सर भइहाले के गर्ने ?

February 4th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर भइहाले के गर्ने ?

डा. अम्बुज कर्ण,

नेपालमा क्यान्सर रोगीको संख्या कति छ त्यसको एकिन तथ्यांक छैन । तर पछिल्ला वर्षमा क्यान्सरका रोगीको संख्या भने बढी रहेको छ । नेपालमा हुने क्यान्सर रोगीहरु मध्ये सबै भन्दा बढी फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । त्यसपछि स्तन क्यान्सर र तेश्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर । विरामीको चापको तुलनामा क्यान्सर विशेषज्ञ र उपकरणको भने नेपालमा अभाव नै छ ।  विश्व स्वास्थ्य संगठनले प्रत्येक १० लाख जनसंख्यामा क्यान्सर उपचारका लागि कम्तिमा पनि एक रेडियो थेरापी मेसिन आवश्यक पर्छ भनेको छ । तर हाम्रो देशमा मुस्किलले ६। ७ वटा छन । रेडियो थेरापिस्ट पनि २५ भन्दा बडी छैनन ।  अंकोलोजिस्ट पनि कम नै छन । मेडिकल फिजिसिस्टको पनि अभाव नै छ । यति हुदा हुदै पनि क्यान्सर उपचारका क्षेत्रमा कुनै सुधार नै भएको छैन भन्न खोजेको होइन । क्यान्सरका छुट्टै अस्पताल खोल्ने क्रम जारी छ । यसले कुनै न कुनै रुपमा विरामीलाई सहज भएको छ ।

वीरमा क्यान्सरको उपचार

नेपालमा क्यान्सरको उपचार सबैभन्दा पहिले बीर अस्पतालमा सुरु भएको हो । प्रजातन्त्र पुनस्र्थापना पछि डा.तारा मानन्धरले क्यान्सर उपचार सुरु गर्नु भएको हो । अहिले वीर अस्पतालमा ५ जना क्यान्सर रोग विशेषज्ञले सेवा दिइरहेका छौ । हाम िवीरमा हरेक दिन ५० जति क्यान्सरका विरामी हेर्छौ । रेडियो थेरापी बाहेकका सेवा दिइरहका छौ । रेडियो थेरापी विगत दुई वर्षदेखि बिग्रिएको छ । नयाँ किन्न टेण्डर भइरहेको छ । केमो थेरापी सेवा उपलब्ध छ । इपालिएटिभ केयर दिइरहेका छौ । तर पछिल्ला दिनमा क्यान्सरकै लागि छुट्टै अस्पताल खुलेकाले वीरको उपचार छाँयामा परेको छ ।

फोक्सोको क्यान्सर

नेपालमा क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको छ । त्यसमा पनि फोक्सोको क्यान्सरका विरामीको संख्या उल्लेखनिय छ । फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । नेपालमा ९० प्रतिसतलाई फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । १० प्रतिसतलाई भने धूमपान नगरे पनि फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । कुनै कुनैलाई बंशानुगत त कसैलाई वातावरणीय कारणले पनि हुन सक्छ । धूमपानका कारणले हुने भएकाले फोक्सोको क्यान्सरलाई हामी रोकथाम गर्न सक्छौ । तर धूमपान गर्ने बानी त्यति सजिलै मानिसले छोड्न सक्दैन । हो, पहिलोको तुलनामा अहिले धूमपान गर्ने व्यक्तिको संख्या केही घटेको जस्तो लाग्छ । सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने कानून बनाएको छ । जनचेतना केह िबिस्तार भएको छ । तर यसको परिणाम आउन समय लाग्छ । हुनसक्छ अवको २० बर्ष पछि नेपालमा फोक्सोको क्यान्सरका विरामी कम हुन सक्लान । फोक्सोको क्ययान्सरका विरामीको संख्या बढ्दै जानुको अर्को कारण हो अहिले विरामी उपचारमा आउन थालेका छन । पहिले उपचार मै नआई मृत्यु हुन्थ्यो । क्यान्सर भए नभएको थाहै हुदैनथियो । अहिले त्यो अवस्था छैन् ।

उपचारमा फड्को

क्यान्सरको उपचारमा पछिल्लो एक दशकमा निकै प्रगति भएको छ । विरामीहरुमा पनि जनचेतना बढेको छ । पहिले पहिले चौथो स्टेजमा पुगेपछि मात्र उपचारका लागि बल्ल डाक्टर कहाँ आउथे । तर अहिले दोश्रो र तेश्रो स्टेजमा आउन थालेका छन् । पहिलो र दोश्रो स्टेजमा आएकाहरुको रोग निको पार्न सकिन्छ । अहिले हामी टारगेटेड थेरापी, इम्युनो थेरापी लगायतका उपचार विधि मार्फत विरामीलाई सहज उपचार गर्ने गरेका छौ । पहिले पहिले चौथो स्टेजमा पुगेका विरामीको बाच्ने संभावना निकै कम हुन्थ्यो तर अहिले ५० प्रतिसत विरामी ५ वर्षसम्म बाच्न सक्छन । क्यान्सरका छुट्टै अस्पताल खुल्ने क्रम जारी छ । यी अस्पतालहरुले उपचारमा नयाँ नयाँ प्रविधी भित्र्याइरहेको छन । एमआईआए, प्याथोलोजी, पेट स्क्यान, रेडियो थेरापी, टारगेटेड थेरापी जस्ता सेवाले क्यान्सर उपचार सहज बनाएको छ ।

फोक्सोका क्यान्सर कसरी निको पार्ने ?

फोक्सोमा लागेको क्यान्सरको उपचार भनेको त्यो भागलाई शल्यक्रिया गरि काटेर फाल्ने हो । दोश्रो स्टेजसम्म पुगेको क्यान्सरलाई शल्यक्रिया मार्फत फाल्न सकिन्छ । यसको उपचारमा रेडियोथेरापी बढी प्रभावकारी देखिएको छ । सुरुको अवस्थामा पत्ता लागेको क्यान्सर निको पार्न सकिन्छ ,स्टेरियो ट्याक्टिक थेरापीका माध्यमबाट । पूर्व प्रधानमन्त्री स्वर्गिय सुुसिल कोइरालाको अमेरिकामा यी थेरापी मार्फत क्यान्सरको उपचार गरिएको थियो । यसलाई शल्यक्रियाको विकल्पमा लिने गरिन्छ ।

क्यान्सर भइहाले के गर्ने ?

अधिकांस मानिस आफुलाई क्यान्सर भएको थाहा भए पछि तर्सिन्छन । आत्तिन्छन । उनीहरु के गर्ने ? कहाँ गएर उपचार गर्ने ? भन्दै विभिन्न व्यक्ति, स्वास्थ्यकर्मि, चिकित्सक कहाँ गएर सल्लाह लिन्छन । विभिन्न व्यक्तिले भिन्ना भिन्नै सल्लाह दिन्छन । यसरी सल्लाह दिनेले सही सल्लाह नै दिन्छन भन्ने छैन । त्यसैले सकभर क्यान्सरका विषयमा सल्लाह लिदा क्यान्सर रोग विशेषज्ञ कहाँ गएर सल्लाह लिनु पर्छ ।

अन्तिम अवस्थामा पुगिसकेको क्यान्सरलाई पूर्ण रुपमा निको पार्न नसकिएला । अब निको हुने होइन किन उपचारमा खर्च गर्ने भनेर बस्नु हुदैन । उपचारले व्यक्तिको जिवन सहज बनाउछ । ओछ्यानमा सुतेर ६ वर्ष बाच्नु भन्दा हिडडुल गर्दै १ महिना बाच्नु राम्रो मानिन्छ । अहिले दुखाई क म गर्ने देखि जिवन सहज बनाउने उपचार विधि उपलब्ध छन । रोगका बारेमा चिकित्सकले विरामी र उनका आफन्तलाई थाहा दिनु पर्छ । यो उनीहरुको सूचनाको अधिकार पनि हो । कुन रोग लागेको छ ? उपचार विधि के प्रयोग गर्दै छौ ? यसमा कति जति खर्च लाग्छ होला ? यी कुराको सही जानकारी दिनु पर्छ । तर यस्ता जानकारी दिदा विरामी र उनका आफन्तलाई हतोत्साहित गर्ने किसिमले भने गर्नु हुदैन । मनोवल बढाउने किसिमले दिन जान्नु पर्छ । हाम्रो देशमा विरामीका आफन्त सही कुरा विरामीलाई नभिन्दिए हुन्थ्यो भन्ने ठान्छन । त्यसैले अधिकांश चिकित्सक विरामीलाई रोगका बिषयमा सही सूचना दिन मान्दैनन । तर चिकित्सकले विरामी र उनका आफन्तको मनोबल गिर्न नदिने किसिमले सही सूचना दिनु नै दुबै पक्षको हितमा हुन्छ । ( डा. कर्ण, वीर अस्पतालमा कार्यरत फोक्सो क्यान्सर रोग विशेषज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौं मेलानमा पौडेल  
Next article प्रदेशका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै कर्मचारी सचिव हुनु पर्ने माग

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web