• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार हस्पिटलको १२ औँ वार्षिकोत्सवमा  साइकल  र्‍याली

March 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार हस्पिटलको १२ औँ वार्षिकोत्सवमा   साइकल  र्‍याली

हेल्थ टुडे,

ललितपुर, २६ फागुन : सानेपास्थित स्टार हस्पिटलले आफ्नो १२ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार वृहत साइकल र्‍यालीको आयोजना गरेको छ । ‘राइडिङ साइकल फोर अ लंगर लाइफसाइकल ’ भन्ने नाराका साथ स्टार हस्पिटल सानेपाबाट सुरु भएको उक्त र्‍याली पुल्चोक, पाटन दरबारस्क्वायर, नयाँ बानेश्वर, माइतीघर, नया सडक, कालिमाटी हुँदै करीब ३० किलोमिटर यात्रा तय गरी कीर्तिपुर पुगी समापन गरिएको थियो । उक्त   र्‍यालीको वातावरण तथा जनस्ंखायमन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका थिए । कार्यक्रमका अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले सामाजिक उत्तरदायित्व अनुरुप सभ्य, स्वास्थ समाजको निर्माण तथा दिनप्रतिदिन बिग्रदै गईरहेको काठमाडौंको वातावरण जोगाउनकालागि आम जनसमुदायमा जनचेतना फैलाउँदै जागरुप बनाउन वृहत साइकल र्‍यालीको आयोजना गरिएको बताए । उनले साइकल यात्रीहरुलाई ध्यानमा राखि हस्पिटल प्राङ्गढमा साइकल स्टाण्डको निमार्ण गरिने बताए ।

विश्व महिला दिवस र विश्व मृगौला दिवसलाई समेत ध्यानमा राखेर महिला र पुरुष दुबैैलाई  बराबर सहभागि गरिएको थियो । डा. रुपाखेतीले भने, ‘पछिल्लो समय मानिसको जीवनशैली प्राय निस्कृय हुँदै गएका कारणले विभिन्न रोग बाट ग्रसित बिरामीको संख्यामा उल्लेखिय वृद्धि हुँदै गइरहेको छ । त्यसैले नियमित व्यायाम गर्ने, खेलकुदमा सहभागी हुने, आफ्नो तौल नियन्त्रण गर्ने कार्य लगायतले हामी स्वास्थ्य रहन सक्दछौँ र यसका लागि साइक्लीङ्गको भुमिका पनि उत्तिकै महत्वपूर्ण छ । ’

वल्र्ड साइकल टुर क्याम्पेनसंगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा करिब ३०० साइकल यात्रीहरुको सहभागीता रहेको थियो ।  सहभागीहरुलाई हस्पिटलले उपचार सेवामा डिस्काउन्ट कार्डको व्यवस्था गरेको छ । कार्यक्रममा मन्त्री पण्डितले  काठमाडौंलाई साइकल मैत्री बनाउँदै मास्क लगाउनु नपर्ने अवस्था सृजना गर्ने दावी गरे । कार्यक्रममा विश्व साइकल टुर साइकल यात्री पुस्कर शाहलाई सम्मानित गरिएको थियो । अस्पतालका अध्यक्ष ई. वसन्त चन्दमरहट्टाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. रुपाखेती, पुस्कर शाह र साइकल कविर महर्जनले  मन्तव्य राखेका थिए । बार्षिकोत्सवका अवसरमा अस्पतालले यही  फाल्गुण २७, २८ र २९ गते अस्पतालका निःशुल्क ओ.पि.डी सेवा संचालन गर्ने अस्पतालले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब वीर अस्पताल १५ सय श्ययाको
Next article नर्सहरुको अन्तिम भिडन्त चैत १० मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131566
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web