• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार हस्पिटलको १२ औँ वार्षिकोत्सवमा  साइकल  र्‍याली

March 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार हस्पिटलको १२ औँ वार्षिकोत्सवमा   साइकल  र्‍याली

हेल्थ टुडे,

ललितपुर, २६ फागुन : सानेपास्थित स्टार हस्पिटलले आफ्नो १२ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार वृहत साइकल र्‍यालीको आयोजना गरेको छ । ‘राइडिङ साइकल फोर अ लंगर लाइफसाइकल ’ भन्ने नाराका साथ स्टार हस्पिटल सानेपाबाट सुरु भएको उक्त र्‍याली पुल्चोक, पाटन दरबारस्क्वायर, नयाँ बानेश्वर, माइतीघर, नया सडक, कालिमाटी हुँदै करीब ३० किलोमिटर यात्रा तय गरी कीर्तिपुर पुगी समापन गरिएको थियो । उक्त   र्‍यालीको वातावरण तथा जनस्ंखायमन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका थिए । कार्यक्रमका अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले सामाजिक उत्तरदायित्व अनुरुप सभ्य, स्वास्थ समाजको निर्माण तथा दिनप्रतिदिन बिग्रदै गईरहेको काठमाडौंको वातावरण जोगाउनकालागि आम जनसमुदायमा जनचेतना फैलाउँदै जागरुप बनाउन वृहत साइकल र्‍यालीको आयोजना गरिएको बताए । उनले साइकल यात्रीहरुलाई ध्यानमा राखि हस्पिटल प्राङ्गढमा साइकल स्टाण्डको निमार्ण गरिने बताए ।

विश्व महिला दिवस र विश्व मृगौला दिवसलाई समेत ध्यानमा राखेर महिला र पुरुष दुबैैलाई  बराबर सहभागि गरिएको थियो । डा. रुपाखेतीले भने, ‘पछिल्लो समय मानिसको जीवनशैली प्राय निस्कृय हुँदै गएका कारणले विभिन्न रोग बाट ग्रसित बिरामीको संख्यामा उल्लेखिय वृद्धि हुँदै गइरहेको छ । त्यसैले नियमित व्यायाम गर्ने, खेलकुदमा सहभागी हुने, आफ्नो तौल नियन्त्रण गर्ने कार्य लगायतले हामी स्वास्थ्य रहन सक्दछौँ र यसका लागि साइक्लीङ्गको भुमिका पनि उत्तिकै महत्वपूर्ण छ । ’

वल्र्ड साइकल टुर क्याम्पेनसंगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा करिब ३०० साइकल यात्रीहरुको सहभागीता रहेको थियो ।  सहभागीहरुलाई हस्पिटलले उपचार सेवामा डिस्काउन्ट कार्डको व्यवस्था गरेको छ । कार्यक्रममा मन्त्री पण्डितले  काठमाडौंलाई साइकल मैत्री बनाउँदै मास्क लगाउनु नपर्ने अवस्था सृजना गर्ने दावी गरे । कार्यक्रममा विश्व साइकल टुर साइकल यात्री पुस्कर शाहलाई सम्मानित गरिएको थियो । अस्पतालका अध्यक्ष ई. वसन्त चन्दमरहट्टाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. रुपाखेती, पुस्कर शाह र साइकल कविर महर्जनले  मन्तव्य राखेका थिए । बार्षिकोत्सवका अवसरमा अस्पतालले यही  फाल्गुण २७, २८ र २९ गते अस्पतालका निःशुल्क ओ.पि.डी सेवा संचालन गर्ने अस्पतालले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्सहरुको अन्तिम भिडन्त चैत १० मा
Next article अब वीर अस्पताल १५ सय श्ययाको

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web