हेल्थ टुडे,
बारा : काठमाडौंको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालले बाराको सिमरामा एक हजार जनाको स्वास्थ्य परिक्षण गरेको छ । तराई यातायात प्रालिको १३ औं वार्षिकोत्सवको अवसर पारेर उक्त स्वास्थ्य परिक्षण गरिइएको हो । स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ प्रदशे नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गरेका थिए । तराई यातायात अन्तर्गत देश भरि ३ हजारभन्दा बढी सवारी साधनहरु सञ्चालन भइरहेका छन । स्वास्थ्य परिक्षणबाट यातायत व्यवसायमा संलग्न र सर्वसाधारण लाभान्वित भएको तराई यातायातका केन्द्रीय महासचिव शंकर विष्टले बताए ।
सवारी दुर्घटना भएका विरामीहरुको तत्काल उपचार गर्ने गराउने बिषयमा नेपाल मेडिसिटी अस्पताल र तराई यातायातवीच सम्झौता भएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए । यसका साथै गैरआवासिय नेपालीहरुको पहल र लगानीमा ७ सय ५० शैया क्षमताभएको मेडिसिटी अस्पतालले मेडिकल टुरिजमलाई प्राथमिकता दिदै विदेशबाट उपचारका लागि नेपाल आउने वातावरणलाई सहज बनाउदै उपचारको उत्कृष्ठ गन्तव्यको रुपमा नेपाललाई विश्वमाझ चिनाउने अभियान समेत सञ्चालन गरिरहेको रिमाले बताए ।
Leave a Reply