डा. केदारनरसिंह केसी,
क्षयरोग उपचारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । क्षयरोगलाई हेर्ने दृष्टिकोणमा पनि अहिले व्यापक परिवर्तन आइसकेको छ । नेपालमा क्षयरोग नियन्त्रणमा धेरै सुधार भएको छ । विगतमा केही स्थान विशेषमा सीमित क्षयरोगको उपचार र व्यवस्थापनको सेवा आज देशैभरि, त्यो पनि ग्रामीण स्तरसम्मका सबै स्वास्थ्य संस्थामा विस्तार भइसकेको छ । क्षयरोग निदानको क्षेत्रमा समेत राष्ट्रिय क्षयरोग कार्यक्रमले समय–सापेक्ष सुधार र नयाँ–नयाँ प्रविधि भित्र्याइसकेको छ । यसलाई देशभरका क्षयरोगीहरूको सहज पहुँचमा पुर्याउने योजनासहित विस्तार गर्दै गइरहेको छ । बहुऔषधी प्रतिरोधी क्षयरोगका बिरामीका लागि सन् २००५ मा ‘डट्स प्लस’ नाम दिएर सुरु गरिएको यो उपचार सेवा अहिले १८ वटा उपचार केन्द्र र ८१ वटा उपचार उपकेन्द्रमार्फत उपलब्ध भइरहेको छ ।
नेपालमा हरेक वर्ष करिब ४५००० नयाँ क्षयरोगका बिरामीहरू थपिन्छन । अहिले करिब ३२ हजार क्षयरोगका बिरामीहरू राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता भएका छन । यस हिसाबले करिब १३ हजार क्षयरोगका बिरामीहरू अझै राष्ट्रिय क्षयरोग कार्यक्रमको मूलप्रवाहमा आएका छैनन । यी बिरामीहरू कहाँ छन ? कस्तो अवस्थामा छन ? यिनीहरूले अरूलाई रोग सारिरहेका छन् वा कतै निजी क्षेत्रमा औषधी–उपचार गराइरहेका छन ? यी तथ्य पत्ता लाग्नसकेको छैन । त्यसैले राष्ट्रिय क्षयरोग कार्यक्रमको दायरामा नआएका अर्थात राष्ट्रिय क्षयरोग कार्यक्रममा दर्ता नभएका यी बिरामीलाई खोजेर राष्ट्रिय क्षयरोग कार्यक्रमको मूलधारमा ल्याउनु नै राष्ट्रिय क्षयरोग कार्यक्रमको चुनौती र दायित्व हो । त्यसैगरी करिब १५ सय ‘डीआर टिबी’का बिरामी भएका र तीमध्ये करिब ४०० मात्र उपचारमा आएका छन । सबैलाई उपचारको दायरमा ल्याउनु राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्को मुख्य चुनौती हो । टोखा स्यानेटोरियम, सेन्टर चेष्ट क्लिनिक हुँदै राष्ट्रिय क्षयरोग कार्यक्रमको विस्तारित र विकसित रूप राष्ट्रिय क्षयरोग केन्द्र समग्र क्षयरोग कार्यक्रमको नेतृत्व गर्ने केन्द्रीय भूमिकामा रहेको संस्था हो । सम्पूर्ण नीति, योजना, तालिम गोष्ठी, सेमिनार, निर्दे्शिकाहरूको तयारी, अध्ययन तथा अनुसन्धान, विभिन्न साझेदार संस्था एवं दातृ निकाय लगायतसँग केन्द्रीय स्तरबाट समन्वयकारी भूमिका केन्द्रले नै निर्वाह गर्छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका लक्ष्य हासिल गर्न राष्ट्रिय क्षयरोग कार्यक्रम सधैं अग्रणी रहँदै आएको छ । अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा राष्ट्रिय क्षयरोग कार्यक्रमले हासिल गरेका सफलता प्रशंसनीय र उल्लेखनीय छन । तर पनि राष्ट्रिय क्षयरोग कार्यक्रमले हाल (सन् २०१५–२०५०) अंगिकार गरेको क्षयरोगको अन्त्यलाई सफलताको विन्दुमा पुर्याउने चुनौती विगतमा प्रत्यक्ष निगरानीको उपचार विधिर‘डट्स’ रणनीति कार्यान्वयन गर्न वा क्षयरोग रोकौं रणनीति पूरा गर्न जत्तिको सहज छैन । प्रस्टै छ, हावाको माध्यमबाट एकबाट अर्कोमा सर्ने यो रोग नियन्त्रण गर्दै क्षयरोग अन्त्यको अवस्थासम्म पुग्नु चानचुने कुरा होइन, तापनि सबै क्षेत्रको प्रतिबद्धता र सक्रिय सहभागितामा यो सफल हुनेछ । क्षयरोग लागेर हुने मृत्युदरमा कमी आएको छैन । त्यसैगरी हरेक वर्ष थपिने क्षयरोगका बिरामीको अनुमानित संख्या ४५ हजार छ र तीमध्ये राष्ट्रिय क्षयरोग कार्यक्रमको दायरमा नआएका करिब १३ हजार क्षयरोगका बिरामी छन् । रूप बदली–बदली बढिरहेको क्षयरोगको पहिरो पन्छाउन पुरानै शैली र संरचना पर्याप्त नहुने कुरा स्वीकार्नैपर्ने यथार्थ हो ।
आजैदेखि नतिजा उन्मुख र प्रभावकारी रणनीतिसाथ अग्रसर हुनु आवश्यक छ । यसका लागि यद्यपि राष्ट्रिय क्षयरोग कार्यक्रमले सुरु गर्नलागेको राष्ट्रिय क्षयरोग प्रिभालेन्स सर्भे भएपश्चात् हाम्रा अगाडि नखुलेका र सतहमा नदेखिएका समस्याका कारण र निराकरणका उपाय पहिचान गर्न सहज हुनेछ । राष्ट्रिय क्षयरोग कार्यक्रममा अब हामीले विगतका सफलताको व्याज खाने समय सकिएको छ । तत्काल नयाँ लगानी, नयाँ जोश, नयाँ उत्साह, दृढ अठोट र प्रतिबद्धता, नयाँ–नयाँ प्रविधिको प्रयोग, सर्वसुलभ सेवाको सुनिश्चिततासहित योजनाबद्ध रणनीति लिएर अगाडि बढ्न ढिला गर्नु हुँदैन । नत्र गाउँघर रित्तिँंदै–रित्तिँंदै र चहलपहलविहीन हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा सहरहरू क्षयरोगका गँुड बन्न सक्छन । यस्तो योजना र कार्यक्रम चलाउनुपर्ने अवस्था आइसकेको छ । बाटोघाटो, मेलाबजार, यातायात जहाँसुकै परिचितरअपरिचित जोसुकैले दुईचोटी ख्वाक्क खोके पनि क्षयरोगको शंका गरौं र उसलाई परीक्षणको लागि उत्प्रेरित गरौं । मलाई त क्षयरोग लागेको छैन वा मलाई त क्षयरोग लाग्दैन भनेर ढुक्क हुने अवसर क्षयरोगले कसैलाई दिंँदैन । कम्तीमा ‘सबै जनता, क्षयरोग विरोधी अभियन्ता’ वा ‘सबै चेतनशील नागरिक, क्षयरोग विरोधी अभियानमा सरिक’ जस्ता नारा लिएर त्यही अनुसार हिंँड्नसके सायद क्षयरोग कार्यक्रममा पक्कै उल्लेखनीय सुधार आउनेछ । सरकार एक्लैले वा राष्ट्रिय क्षयरोग कार्यक्रमको मात्र एक्लो प्रयासले क्षयरोग अन्त्यको रणनीति सफलता सुनिश्चित हुँदैन । यसका लागि सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू, मेडिकल कलेज, जेल, विभिन्न क्लब तथा सामाजिक अगुवासँग समेत समन्वय र सहकार्य गर्दै अघि बढ्नु आवश्यक छ । यस्तो सहकार्यलाई अझै सघन र व्यापक बनाउँदै लैजानुपर्छ ।
पछिल्लो छोटो समय अवधिमा राष्ट्रिय क्षयरोग केन्द्रले उल्लेखनीय एवं दूरगामी महत्त्वका केही नीतिगत निर्णय सम्पन्न गरेको छ– राष्ट्रिय सर्वेक्षण र वर्षौं–वर्षदेखि पुरानै चलनचल्तीको मापदण्ड अपनाएर क्षयरोग नियन्त्रणको कार्यक्रम सञ्चालनमा रहेको छ । यो मापदण्डबाट प्राप्त भएका तथ्यांक तथा तिनै तथ्यांकलाई आधार मानेर बनाइने नीति, योजना र कार्यक्रम कति वैज्ञानिक र समय सान्दर्भिक छ भन्ने जिज्ञासाको भरपर्दो र एकमात्र जवाफ सर्भे नभएको सत्यलाई मनन गरेर राष्ट्रिय क्षयरोग कार्यक्रमले गर्नलागेको यो सर्भे सुरुवाती चरणमा प्रवेश गरिसकेको छ । क्षयरोगसम्बन्धी कानुन र राष्ट्रिय क्षयरोग कार्यक्रममा कार्यरत स्वास्थ्यकर्मीहरू, क्षयरोगका बिरामी तथा तिनका परिवार लगायत सम्बद्ध सबैको हित र सरोकारलाई ध्यानमा राखेर कार्यक्रमलाई अझ बढी परिणाममुखी, जवाफदेही तथा मर्यादित बनाउने उद्देश्यले राष्ट्रिय क्षयरोग कार्यक्रमले पहिलोचोटी ट्युबरक्युलोसिस एक्ट तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरी सकिएको छ । यसलाई संघीय संसद्बाट पारित गराउन सबैको सहयोग अपरिहार्य छ । औषधि खरिद प्रक्रिया स् राष्ट्रिय क्षयरोग कार्यक्रममा प्रयोग हुने पहिलो चरणका औषधीहरू वर्षौंदेखि ग्लोबल ड्रग फेसिलिटीमार्फत खरिद भई नेपाललाई हस्तान्तरण हुने र नेपालले माग गरेर पठाउने कार्य हुँदै आएकोमा यो वर्षदेखि नेपाल आफैंले ती औषधीहरूको परिमाण यकिन गरी आफैंले खरिद गर्ने निर्णय भएको छ । रणनीतिक योजना स् राष्ट्रिय क्षयरोग कार्यक्रमलाई समय–सापेक्ष, वैज्ञानिक र प्रभावकारी बनाउन विगत कार्यकालको समीक्षा गर्दै आगामी कार्यक्रमको लागि स्पष्ट ढाँचा र खाका तयार गर्न प्रत्येक ५ वर्षको लागि तयार गर्ने राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ । विज्ञ सेवा विस्तार र रोग निदानको लागि अत्याधुनिक र प्रभावकारी मानिएको जिन एक्सपर्ट प्रविधि नेपालमा सुरु भइसकेको छ र यो क्रमशस् विस्तार हुँदै गएको छ । जिन एक्सपर्टबाट खकार परीक्षण गर्दा रिफाम्पिसिन रेसिस्टेन्स समेतको अवस्था पत्ता लगाउन सकिन्छ । अब क्षयरोग मुक्त वडा, गापारनपारउनपारमनपा बनाउने अभियान र अठोटमा स्थानीय जनप्रतिनिधिबाट प्रतिबद्धता प्राप्त गर्न सकियो र त्यसमा उहाँहरूको अग्रसरता भयो भने देशमा आएको परिवर्तन र संघीय संरचना क्षयरोग विरोधी कार्यक्रमको लागि वरदान सावित हुनेछ । (डा. केसी राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक हुन । )
Leave a Reply