• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मालश्री काफ्लेको स्मृतिमा भागवत गीता प्रवचन र योगा

April 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मालश्री काफ्लेको स्मृतिमा भागवत गीता प्रवचन र योगा

हेल्थ टुडे,

काठमाडौं, २० चैत : स्वर्गिय मालश्री काफ्लेको स्मृतिमा मंगलबार राजधानीमा भागवत गीताको माध्यमबाट जीवन उत्कृष्ठ बनाउने विधिका बिषयमा प्रवचन र योगा कार्यक्रम गरिएको छ । मालश्री मेमोरियल ट्रष्टको आयोजना तथा म्याग्नस फर्मास्विटिकल्सको सहयोगमा पर्यटन विकास बोर्डको सभाहलमा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले भागवत गीताको माध्यमबाट जीवनलाई कसरी उत्कृष्ठ बनाउन सकिन्छ ? भन्ने बिषयमा स्वास्थ्यकर्मिहरुलाई प्रवचन दिएका थिए । कर्म, ज्ञान र प्रेमका माध्यमबाट जीवनमा उत्कृष्ठता ल्याउन सकिने आध्यात्मिक आधार प्रस्तुत गर्दै शर्माले सच्चा कर्ममा विश्वास गर्नु पर्नेमा जोड दिए । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म विश्वको कूल जनसंख्याको ४५ प्रतिसतमा तनाव हुने आकलन गरेको तथ्यांक स्मरण गराउदै योगको माध्यमबाट धेरै हदसम्म तनाव कम गर्न सकिने शर्माले दावी गरे ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले ज्ञान र विज्ञानको समिश्रणले जीवनलाई सार्थक बनाउन सकिने बताए । एक हप्ताको योग र भागवत गीता प्रवचनले व्यक्तिको आध्यात्मिक ज्ञानमा मात्र नभएर स्वास्थ्यमा समेत ठूलो परिवर्तन ल्याएको अध्ययनले देखाएको डा. काफ्ले दाबी गरे । राष्ट्रिय मिर्गौला उपचार केन्द्र, सम्यक डाइग्नोस्टिक,मालश्री काफ्ले मेमोरियल ट्रष्ट र सुमेरु हस्पिटलको संयुक्त प्रयासमा ४३ जनामा योग अगाडि र पछाडिको स्वास्थ्य समस्याका बिषयमा अध्ययन गरिएको थियो । क्यान्सर रोग विशेषज्ञ डा. नविन बस्नेतका अनुसार योग गर्नु भन्दा पहिले ती ४३ जनाको जीवनको दृष्किोण, हृदयको गति, उच्चरक्त चाप, ब्लड सुगर, कोर्टिसोल, किड्नी फङ्सन टेष्ट लगायतका जाच गरिएको थियो । एक हप्ताको योगापछि उनीहरुको फेरि उल्लेखित सबै टेष्ट लिएर परिक्षण गर्दा अधिकांशको स्वास्थ्य समस्यामा ठूलो सुधार आएको पाइएको डा. बस्नेतले तथ्यांक प्रस्तुत गरे । उक्त एक हप्ताको योगालाई चक्र विज्ञान सप्ताह नाम दिइएको थियो । ध्यान, योगा र भागवत गीता प्रवचनले व्यक्तिको आध्यात्मिक मात्र नभएर स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन हुने कुरा चिकित्सा विज्ञानले समेत प्रमाणित गरिसकेकाले स्वस्थ्य रहन यसको अनुसरण गर्न लाभदायक हुने शर्माले बताए ।

कार्यक्रममा मालश्री काफ्ले मेमोरियल ट्रष्टका अध्यक्ष निलिमा काफ्लेले स्वर्गिय मालश्रीको बार्षिकीको उपलक्ष्यमा भागवत गीताको माध्यमबाट जीवनलाई उत्कृष्ठ बनाउने तरिकाका बिषयमा शर्माको प्रवचन व्यवहारिक भएकोमा बताउदै प्रबचन र योगामा सहभागी सबैलाई धन्यवाद दिइन । डा. ऋषिकुमार काफ्ले र निलिमा काफ्ले दम्पतीले स्वर्गिया छोरी मालश्रीको सम्झनामा हरेक वर्ष चैत २० गते विभिन्न समाजिक कार्यक्रम आयोजना गर्दै आइरहेकाछन् । मालश्री मेमोरियल ट्रष्टले रामेछापका दुर्गम ग्रामिण क्षेत्रमा निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य सिविर सञ्चालन गर्दै आइरहेको छ । एमविविएस अध्ययन गर्दै गर्दा मालश्रीको दुर्घटनाका परेर देहान्त भएको थियो । उनको स्मृतिमा डा. काफ्ले दम्पतीले समाजिक र सेवामूलक कार्य गर्दै आइरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा सन्दुक रुइतले ग्रहण गरे भारतको प्रतिष्ठित पद्मश्री
Next article समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web