• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

अत्यधिक थकान ‘क्रोनिक फटिग’ को संकेत

April 27th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अत्यधिक थकान ‘क्रोनिक फटिग’ को संकेत

हेल्थ टुडे,

काठमाडौं, १४ बैशाखः कामको दौरान होस् वा गर्मीको कारण थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने तपाईलाई ‘क्रोनिक फटिग’ नामक रोग लागेको हुन सक्छ । यो रोगमा बिरामीले सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ ।
व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित र असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायोसाइकोलोजिकल कारणबाट आलस्यता र थकान महसुस हुन सक्छ । यस्तो अवस्थामा दिनचर्या बदल्नु, दैनिक व्यायम गर्नु, मनोवैज्ञानिकको सल्लाह लिनु, र सोही अनुरुप औषधि सेवन गर्नु राम्रो मानिन्छ । साथै शरिरलाई आवश्यक अनुसार दैनिक ६ देखी ८ घण्टा नियमित राम्रोसंग निद्रा पु¥याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ । बढी आलस्यताले केही गम्भीर रोगको संकेत गर्छ ।

मुटुको रोग

अनुसन्धान अनुसार हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिले देखि नै असामान्य थकान अनुभव हुन थाल्छ । पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिन्छ । यसको रोकथामका लागि धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्नुपर्छ । यसका साथै, कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराउनुपर्छ । यदि श्वास फुल्छ या कब्जियतको समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउनु पर्छ ।
थाइराइड
अधवैंशे उमेरका मानिसहरुमा खासगरी न्यून थाइराइडको समस्या बढी हुन्छ । थाइराइड ग्ल्याण्ड टी ४ र टी ३ जस्ता हार्मोन बनाउँछ र यो उमेरमा यो प्रक्रिया सुस्त हुन्छ । त्यसैले यस्तो उमेरमा तौल बढ्ने, कब्जियत, छालामा रुखोपन वा कपाल झर्ने समस्या हुन्छ ।
यस्तो समस्या हुँदा थाइराइड प्रोफाइल (टी ३, टी ४, टीएसएच), थाइराइड एन्टीबडी, थाइराइड स्क्यान गराउनुपर्छ । टीएसएच थाइराइड बढाउने हर्मोन हो । हाइ टीएसएच या लो टी ४ को अर्थ हो क्रोनिक हाइपोथाइराइड, यदि टीएसएच उच्च छ र टी ४ नर्मल छ भने पनि हाइपोथाइराइड हुन सक्छ ।
कलेजोको समस्या
लगातार थकान महसुस हुन्छ भने कलेजोमा समस्या पनि हुन सक्छ । रगत लिँदा, कोकिन या त्यस्तै प्रकारका लागू औषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन सक्छ । यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा लिभर फङसन टेस्ट गराउनुपर्छ ।
एनिमिया
आइरनको कमीमा पनि शरीरमा आलस्यपना आउन सक्छ । सामान्य अवस्थामा महिलामा महिनावारीमा, गर्भ रहेका बेला वा स्तनपान गराएका बेला आइरनको कमी हुन्छ । यसमा छालाको रंग पहेलों हुन्छ । चिडचिडाहट र आलस्य हुन्छ र सुगरको स्तर पनि घट्छ । यद्यपि सुगरको लेभल डाइबिटिजमा पनि घटबढ हुन्छ । यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङ जस्ता परीक्षण गराउन सकिन्छ र डाक्टरको सल्लाह अनुसार औषधी लिनु प्रभावकारी मानिन्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दाङ जिल्ला औलो रोगको जोखिममा
Next article ४९ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131912
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web