• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनमा दुई फार्ममा बर्डफ्लू प्रमाणित

May 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनमा दुई फार्ममा बर्डफ्लू प्रमाणित

चितवन, ५ जेठः कुखुरामा बर्डफ्लू प्रमाणित भएपछि संकटग्रस्त क्षेत्रमा कुखुरा मार्न गएका प्राविधिक टोलीलाई किसानले मार्न दिएनन । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ९ सुर्तनीका दुई फार्ममा बर्डफ्लू प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका हुन ।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लू प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्ने क्रममा किसानले रोकेका हुन् । प्रमुख डा. खरेलका अनुसार नौ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फार्मको तीन हजार पाँच सय र चार हजार चार सय कुखुरा रहेको रिजालको खोरको एक हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न दिएका छैनन् ।
पूर्वी चितवन कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष रघुनाथ भट्टले प्राविधिक टोलीले निर्धारण गरेको क्षेत्रमध्ये एकातर्फ तीन किलोमिटरसम्म टाढा रहेको र अर्काेतर्फ २०० मिटरसम्म मात्रै रहेको कारण किसान असन्तुष्ट भएको बताउनुभयो ।
मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकम मध्ये ७५ प्रतिशत मात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ । त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन् ।

प्रमुख डा. खरेलले बर्डफ्लू नियन्त्रण आदेश २०६४ ले पहिले बर्डफ्लू देखिएको क्षेत्रबाट तीन किमी उल्लेख गरेको भए पनि जोखिम विश्लेषण गरेर चार किल्ला तोक्न सकिने बताउनुभयो । राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेका छन् । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लू देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको थियो तर पनि यहाँ बर्डफ्लू देखिएको हो । हाल कुखुरा मार्दै गरेको फार्म एक किमी ३०० मिटर टाढा रहेको भन्दै प्राविधिक टोलीले ठूला फार्मलाई जोगाएर क्षेत्र निर्धारण गरेको किसानको गुनासो छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जर्मनको सहयोगमा स्वास्थ्य चौकी निर्माण
Next article उपचारका लागि मन्त्री यादवलाई थाइल्याण्ड लगियो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131696
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web