• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टनसिलको उपचार समयमा नहुदा मुटुको भल्भमा समस्या

June 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टनसिलको उपचार समयमा नहुदा मुटुको भल्भमा समस्या

जाजरकोट, २० जेठः सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश राज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ ।
‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै बालबालिकामा मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले बताउनुहुन्छ ।
काठमाडौँं लगायत शहरमा परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो तर जाजरकोटमा एक हजारमा सात जनामा समस्या देखियो ।’ करिब पाँच हजार बालबालिकामा गरिएको परीक्षणमा ३६ जना बालबालिकामा बाथ मुटुरोग ( मुटुको भल्भको समस्या) को समस्या देखिएको उहाँले जानकारी दिनुभयो । उपचार गरिएका मध्ये दुई जनाको शल्यिक्रया नै गर्नुपर्ने भएको छ । उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ । अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्लाका केही विद्यालयमा गरेको मुटुरोग सम्बन्धी स्क्रिनिङबाट यस्तो तथ्य फेला परेको हो । जन्मजात मुटुरोग हुने (मुटुमा प्वाल पर्ने) बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको छ, यो भने सामान्य हो डा रेग्मी बताउनुहुन्छ ।
गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, बिहारको सन्तुलन नमिल्नु लगायत कारण मुटुरोग देखा पर्ने गरेको छ । बालबालिकामा टनसिल अर्थात् घाँटीको समस्या देखा परेका बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिएको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म जाजरकोट भेरी नगरपालिकाका विभिन्न विद्यालयमा मुटरोगको स्क्रिनिङ गरिएको हो । वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मी, डा सत्यनारायण सुवाल, डा देव न्यौपाने, डा जिज्ञासा रेग्मीलगायत चिकित्सकले बालबालिका र युवाको मुटुरोग परीक्षण गरेका थिए । स्क्रिनिङ गर्दा मुटुमा समस्या देखिए ईको तथा इसीजी गरेर खास समस्या पत्ता लगाउने गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान अध्यक्ष दीपेन्द्र पुरुष ढकालले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मेचीमा आँखाको नानी सङ्कलन
Next article इलामका चार स्वास्थ्य चौकी पुरस्कृत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132383
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

42
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web