काठमाडौँ, २३ जेठः उपप्रधानमन्त्री उपेन्द्र यादवले गुणस्तरीय औषधिको उत्पादन, व्यवस्थापन र बजारीकरणका लागि अनुगमनको कामलाई तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले कर्मचारीसँग मन्त्रालयमा भेट गर्दै देशका सबै ठाउँमा आवश्यक औषधिको उचित व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले औषधिको परीक्षणका लागि आवश्यक प्रविधिको प्रयोग गर्ने विषयमा पनि आवश्यक तयारी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
Leave a Reply