हेल्थ टुडे,
ललितपुर : नेपाल परिवार नियोजन संघको केन्द्रिय तदर्थ समितिको रिक्त उपाध्यक्षमा सुमित्रादेबी भण्डारी र महासचिवमा रविन कोइराला चयन भएका छन् । संघको शुक्रबार बसेको केन्द्रिय तदर्थ कार्य संचालन समितिको बैठकले भण्डारी र कोइरालालाई चयन गरेको हो । संघको केन्द्रिय तदर्थ समितिका अध्यक्ष छत्र गिरिको अध्यक्षतामा बसेको बैठकमा सम्पूर्ण सदस्यहरुको सहमतीमा उक्त निर्णग गरिएको संघले जनाएको छ । समाज कल्याण परिषद्को सिफारिसको आधारमा सरकारले २०७४ माघ ११ गते अमु सिजापती नेतृत्वको कार्यसमिति भंग गरि छत्रबहादुर गिरीको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो । तदर्थ समितिलाई चाडै नया निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।
Leave a Reply