• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यी हुन् मृत्यु नहुदै श्रद्धाञ्जली पाउने

June 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् मृत्यु नहुदै श्रद्धाञ्जली पाउने

हेल्थ टुडे,

काठमाडौं, २६ जेठ : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भिर छ । पित्तथैलीको क्यान्सरसँग लडिरहेका देवकोटाको गत डेढ महिनादेखि वासवारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । गत कार्तिकमा स्वास्थ्य जाच गराउदा क्यान्सर देखिएपछि उनी थप उपचारकालागि बेलायत गएका थिए । ६ महिना त्यहाको किंग्स कलेजमा उपचार गराउदा निको नभएपछि आफ्नै अस्पतालमा उपचार गराउने भन्दै उनी स्वदेश फर्किएका हुन । देवकोटाको परिवार र शुभचिन्तक उनको स्वास्थ्य अवस्थामा दैविक चमत्कारको प्रतिक्षामा छन् । तर शुक्रबार राती १० बजेपछि एकाएक समाजिक सञ्जालमा डा. देवकोटाको निधन भएको खवर फैलियो । प्रतिस्पर्धामा पछाडि परिने हतारो झै धेरैले फेसवुक वालमा डा. देवकोटाप्रति श्रद्धाञ्जली  लेखे । राजनीतिक दलका नेता, समाजसेवी, प्राध्यापकमात्र नभएर जनतालाई सत्य तथ्य सूचना दिने पत्रकारहरुले समेत देवकोटाको मृत्यु भइसकेको भन्दै श्रद्धाञ्जली पोष्ट गरे । अपवाह फैलिएपछि अस्पताल प्रशासनले विज्ञप्ति नै निकालेर भ्रममा नपर्न आग्रह गर्यो । त्यतिले मात्र नपुगेर अक्सिजन लगाएर बिहान घाममै ल्याउनु पर्यो । अहिले देवकोटाको आईसियूमा उपचार भइरहेको छ । फेसवुक वालमा लेख्नेहरुले अहिले स्टाटस डिलिट गरिसके । सत्य नबुझी कागले कान लग्यो…. भनेझै मृत्युको झुटो खबरले सनसनी मच्यायो । डा. देवकोटाको परिवारले यो अवस्थामा झन मानसिक तवान दियो । डा. देवकोटाका भतिजा बसन्त देवकोटाले भने, ‘ यस्तो संवेदनशिल घडीमा नभएको अफवाह फैलाउनु झन दुखद हो । ’

मृत्यु नहुदै  श्रद्धाञ्जली पाउने देवकोटा एक्ला भने होइनन् । समाजिक सञ्जालको प्रयोग बढेपछि र अनलाईनको बाढी आएपछि धेरैले यो नियति भोगी सकेका छन् ।

तिन वर्ष पहिले हृदयघात भएर थाइल्याण्डको समितिभेज हस्पिटलमा भर्ना भएका पूर्व युवराज पारस साहको बिषयमा पनि यस्तै अफवाह फैलिएको थियो । धेरै व्यक्ति र केही अनलाईनले श्रद्धाञ्जली दिइसकेका थिए उनलाई पनि । हो, त्यति बेला पारसलाई गम्भिर प्रकारको हृदयघात भएको थियो । त्यसमाथि उनी शारीरिक रुपले पनि निकै कमजोर थिए । तर उपचार जारी थियो । तर फेसवुकभरि श्रद्धाञ्जली  आइसकेका थिए । केही दिनमै पारसको स्वास्थ्य अवस्थामा सुधार आयो । अहिले उनी स्वदेशमै समान्य जिवन निर्वाह गरिरहेका छन् । धर्म, कर्ममा बढी ध्यान दिन थालृका छन्् ।

बरिष्ठ संगितकार अमर गुरुङको मृत्यु भएको आज ठिक दुई बर्ष पुग्यो । पाकिन्सस र डाइवेटिजका बिरामी अमरलाई उपचारका लागि ग्राण्डी हस्पिटल भर्ना गरेर उपचार भइरहेको थियो । उनको स्वास्थ्य अवस्था गम्भिर थियो । नभन्दै फेसबुक र समाजिक सन्जालमा उनको मृत्यु भइसकेको खवर फैलियो । यतिसम्मकी देशकै एक नम्बर मिडिया हाउस दावी गर्ने मिडियाको अनलाईनले समेत मृत्यु नहुदै उनको मृत्यु भइसकेको खवर प्रकाशित गर्यो । तर खबर आएको दुई दिनपछि मात्र अमरको मृत्यु भयो । मृत्यु नहुदै मृत्युको खवर सम्प्रेषण गर्नु गम्भिर गल्ती हो । पछि प्रस काउन्सिलले केही मिडियालाई यसका बिषयमा स्पष्टिकरण पनि सोध्यो ।

यही जेठको पहिलो हप्ता उपचारका लागि ग्राण्डी भर्ना भएका राष्टकवि माधव घिमिरेको पनि मृत्यु भइसकेको समाजिक सञ्जालमा फैलियो । उनको रगत बग्नेक्रम नरोकिएपछि उनलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लगियो । स्वदेश फर्किए । फेरि समस्या देखिएपछि उनी अहिले फेरि मेदान्तमै उपचाररत छन् । उनको स्वास्थ्यमा सुधार देखिएको छ । उपचाररत व्यक्तिको मृत्यु भएको घोषणा गर्ने अधिकार चिकित्सकलाई मात्र हुन्छ । मृत्यु जस्तो संवेदनशिल बिषयमा समाजिक सञ्जालमा लेख्दा सबैले ख्याल गर्नुु आवश्यक छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको सघन उपचार जारी, मृत्युको खवर गलत
Next article राष्ट्रकविको स्वास्थ्यमा सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131563
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web