काठमाडौँ, १ असारः मधुमेहका बिरामीहरूले अन्डा दिनहुँ खाँदा राम्रो हुन्छ । यसो गर्दा उनीहरूलाई कुनै नोक्सान हुँदैन भनेर एउटा अध्ययनमा दाबी गरिएको छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित एक अध्ययन अनुसार, सातामा १२ वटासम्म अन्डा खानाले टाइप–२ डाइबिटिजका बिरामीलाई मुटुको रोगको कुनै जोखिम हुँदैन ।
अन्डामा कोलेस्ट्रोलको स्तर बढी हुन्छ जसले गर्दा मधुमेहका बिरामीलाई सामान्यतया अन्डा नखाने सल्लाह दिइन्छ । तर अध्ययन अनुसार अन्डाले रगतको कोलेस्ट्रोलको स्तरमा असर गर्दैन । मधुमेहको पूर्वअवस्थामा र टाइप–२ मधुमेहका बिरामीका लागि अन्डा खाने सुरक्षित स्तर के हो भन्ने विषयमा वैज्ञानिकहरूबीच मतभेद छ, तैपनि अध्ययनले औँल्याएको छ— यदि अन्डा तपाईंको नियमित खानपानको अंग बनिसकेको भए खान नरोक्दा हुन्छ ।
अन्डा प्रोटिन र सूक्ष्म पोषक तत्त्वको राम्रो स्रोत हो । यो खाँदा थुप्रै फाइदा हुन्छ । यो आँखा र मुटुक स्वास्थ्यका लागि राम्रो छ नै, रक्तवाहिनीलाई स्वस्थ राख्न समेत सघाउँछ । गर्भावस्थामा चिकित्सकहरू अन्डा खान सल्लाह दिन्छन् । यसको सेवनको सल्लाह दिइन्छ ।
एजेन्सी
Leave a Reply