• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दाङमा घुम्ती शिविर–एक हजार बढीले पाए सेवा

June 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दाङमा घुम्ती शिविर–एक हजार बढीले पाए सेवा

दाङ, १ असारः दाङका स्थानीय बासिन्दाले घर आँगनमै सबै किसिमका सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले जेठ ३० मा शान्तिनगर गाउँपालिकामा एकदिने एकीकृत घुम्ती शिविर आयोजना गरेर सेवा दिएको हो ।
गाउँपालिकाका नागरिकलाई घरदैलोमा सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जनतालाई सहज सेवा दिन यो घुम्ती शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने वचन बद्धता प्रकट गर्नुभयो । केही दिन पहिले झाडापखाला प्रभावित सो गाउँपालिकामा जेठ ३० मा पुनः सेवा दिइएको हो ।
घुम्ती शिविरमा सिटी अस्पतालका मुटु तथा पेट रोग विशेषज्ञ डा साहिल भुसाल, डा रक्षा सापकोटा र डा प्रमोद भट्टसहित गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए । चिकित्सक टोलीले २७८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । नागरिकता वितरण, विभिन्न बीउबिजन वितरणदेखि जिल्ला प्रशासन र विभिन्न कार्यालयले दिने सेवा सबै सेवा स्थानीयले एउटै थलोबाट पाएका थिए ।
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय तुलसीपुरबाट गएको टोलीले ७४ जनालाई नागरिकता प्रमाणपत्र प्रदान गरेको इलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादव भुसालले बताउनुभयो ।
शिविरमा कृषि सम्बन्धी सेवा २५० जना र पशुसम्बन्धी ३१२ जना प्रदान गरिएको थियो भने ५० जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको थियो । शिविरमा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले २८५ जनाको आँखा जाँच गरेको अस्पतालका नेत्रसहायक रोहित कठायतले जानकारी दिनुभयो । यसमध्ये २८ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । उनीहरुको राप्ती आँखा अस्पतालले बिहीबार अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रशासकीय सहायक जसराज विश्वकर्माले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहका बिरामीले अन्डा खान हुने
Next article स्वास्थ्य चौकीको सामान्य देखि जटिल पक्षमा सुधार गर्नुपर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web