• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीलाई काठमाडौं ल्याउन बल प्रयोग हुनसक्छ–मन्त्री पोखरेल

July 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीलाई काठमाडौं ल्याउन बल प्रयोग हुनसक्छ–मन्त्री पोखरेल

हेल्थ टुडे,
काठमाडौं, २९ असारः शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताउनु भएको छ । उहाँले त्यसबेला बल प्रयोग भयो भनेर नलेख्नु आग्रह गर्नुभयो ।
डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत हुनुहुन्छ । डा केसीले आफु काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिनुभएको छैन । यता सरकारका तर्फबाट शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गर्नुभयो । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा पोखरेलले, सरकारले आग्रह गरेपछि देखाउन पनि जानुपर्छ तर, उहाँहरु नमान्नु भएको र स्वास्थ्यसंस्था बन्द गर्न लाग्नु भएको दुखद भएको बताउनुभयो ।
सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने बताउदै पहिलो प्राथमिकता उपचार भएकाले, उहाँका स्वास्थ्य सुचांककहरु कमजोर भएर गयो भने जबरजस्ती पनि गर्नुपर्ने चेतावनी दिनुभयो ।
त्यस्तो बेला मौसमले साथ दियो भने बलपूर्वक डा. केसीलाई काठमाडौं ल्याउने संकेत गर्दै उहाँले सञ्चारकर्मीहरुलाई सरकारले बल प्रयोग गर्यो भनेर नलेख्न आग्रह गनुभएको छ ।
मन्त्री पोखरेलले डा गोविन्द केसीका मागका सम्बन्धमा संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उहाँलाई काठमाडौँमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आन्दोलन स्थगित गरी स्वास्थ्यकर्मी काममा फर्किए
Next article माइतीघरमा ओपिडी सेवा दिदै प्रर्दशन पनि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131915
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web