• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भदौ १ देखि लागु हुने कानून संसोधन नभए विरामी नजाच्ने चेतावनी 

August 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भदौ १ देखि लागु हुने कानून संसोधन नभए विरामी नजाच्ने चेतावनी 

हेल्थ टुडे,

काठमाडौं, २८ साउन:  नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । ऐनले चिकित्सकलाई अपराधीको व्यवहार गर्ने भएकाले उक्त ऐन संसोधन गर्न संघले सरकारसंग माग गरेको हो । तत्काल उक्त ऐन संसोधन नभए भदौ १ देखि एप्रोन र चिकित्सक लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नजाच्ने संघले चेतावनी दिएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन मार्फत ऐन संसोधन नभए भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । ‘ सरकारले बेलैमा सचेत हुनु आवश्यक छ । ’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने ।  भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको संघले बताएको छ । ‘कुनै पनि डाक्टरले विरामीलाई सकेसम्म बचाउन खोज्छ’ अध्यक्ष श्रेष्ठले भने, ‘तर, आफू अपराधी ठहर हुने भएपछि चिकित्सकले के का लागि उपचार गर्ने ?’

लापरवाही भए नभएको विज्ञ समूहले छानबिन गर्नुपर्ने र फैजदारी नभई देवानी कानुनअनुसार कारबाही गर्नुपर्ने संघको माग छ । ५ वर्ष कैदमात्र नभई फौजदारी अभियोगमा मुद्दा चलाउने व्यवस्थामा आफूहरुको आपत्ति रहेको उनले बताए । ‘यो व्यवस्थाले उजुरी पर्नासाथ पक्राउ गर्ने र त्यसपछि मात्र अनुसन्धान हुन्छ’ अध्यक्ष श्रेष्ठले भने, सिभिल एक्ट (देवानी कानुन) अनुसार पहिला अनुसन्धान हुन्छ । दोषी ठहर भए मात्र कारबाही हुन्छ । यसमा हाम्रो आपत्ति छैन ।’ नयाँ कानुनी व्यवस्थाले बाँच्ने कम आशा भएका विरामीहरुलाई पनि बचाउन सकिन्छ कि भनेर प्रयास गर्ने गरिएको तर, नयाँ कानुनले मर्छ कि बाँच्छ भन्ने अवस्था आयो भने रिफर गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । संघमा महासचिव डा. लोचन कार्कीले उपचारका क्रममा विरामीको मृत्यु भएमा चिकित्सक दोषी नहुदा नहुदै पनि फैजदारी अभियोग अन्तरगत जगन्य अपराध सरहको सजायको भागीदार हुनु पर्ने प्रावधानले पेसा माथि नै धावा बोलेकोले तत्काल सच्याउन माग गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेडक्रस शाखाले ल्यायो एम्बुलेन्स सञ्चालनमा
Next article गरीब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133774
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web