• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नयाँ कानून संसोधनको माग गर्दै चिकित्सक सडकमा

September 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नयाँ कानून संसोधनको माग गर्दै चिकित्सक सडकमा

हेल्थ टुडे,

सरकारले यही भदौ १ गतेदेखि लागु गरेको मुलुकी देवानी र अपराध संहिता संसोधनको माग गर्दै देश भरिका चिकित्सक सडकमा ओर्लिएका छन् । संसोधित मुलुकी ऐन कार्यन्वयन नहुदै त्यसमा भएका चिकित्सक विरोधी प्रावधान सच्याउनु पर्ने माग राख्दै आन्दोलित भएका चिकित्सकहरुले भदौ १५ गतेसम्म संसोधन गर्न सरकारलाई अल्टिमेटम दिएका  थियो ।  आफुहरुका माग सम्बोधन गर्न सरकार गम्भिर नदेखिएको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा उनीहरुले भदौ १७ गते आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन । विरामीको उपचारको क्रममा विरामीको मृत्यु भए चिकित्सकलाई ज्यानमारा सरहको सजायको व्यवस्था भएको संहिता संसोधन गर्न पर्ने उनीहरुको माग छ ।

नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकले भदौ १७ गते राजधानीको माइतिघर मण्डलामा भेला भएर नयाँ बोनेश्वरसम्म विरोध र्यालीको आयोजना गरेका थिए । विरोध र्यालीमा राजधानीका करिब एक हजार  चिकित्सक सहभागी भएका थिए । विरोध सभामा भाग लिन वरिष्ठदेखि करिष्ठ चिकित्सक स्वस्फूर्त रुपले सडकमा आएका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्ती श्रेष्ठले चिकित्सकहरुमाथि उपचारमा लापरवाही गरेको आरोपमा कुटपिट र हुलहुज्जत गर्ने प्रवृति बढी रहेको बेला सरकारले उपचारका लागि सुरक्षित वातावरण बनाउनुको सट्टा उपचारका क्रममा विरामीको ज्यान गएमा ज्यानमारा सरह सजाय हुने कानून लाद्न खोजेकोले बाध्य भएर सडकमा आउनु परेको बताए । संघका महासचिव डा. लोचन कार्कीले यो कानून व्यवहारमा लागु भए चिकित्सकहरुलाई अस्पतालमा होइन जेलमा भेट्न आउनु पर्ने अवस्था आउने भएकाले आन्दोलित हुनु परेको प्रष्ट पारे । 

पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रले पञ्चायत व्यवस्था ढाल्न २०४६ मा चिकित्सक सडकमा उत्रिएको स्मरण गर्दै त्यसको ३० वर्ष पछि फेरि कम्युनिस्ट सरकारले लादेको ज्यानमारा कानून संसोधनका लागि सडकमा आउनु परेको बताए । चिकित्सकहरुलाई तह लगाउन दुई तिहाईको मतको दम्भमा कालो कानून लाद्न खोज्नु अधिनायकबाद भएकोले त्यसको ससक्त प्रतिकार गर्ने डा. मिश्रको दावी थियो । सभालाई सम्बोधन गर्दै वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तले सेतो कोट लाउने चिकित्सकलाई सोझा ठानेर पेल्न नखोज्न चेतावनी दिए । अहिले कालो मान्छे सेतो ठाउँमा र सेतो मान्छे कालो ठाउँमा बसेकोले स्वदेशी चिकित्सकहरुलाई कालो कानून लादेर पलायन गराउन लागिएको उनले दाबी गरे । डा. पन्तले भने, ‘ यो विदेशी डाक्टर भित्र्याउने खेल हो । ’

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले सरकारले लाद्न खोजेको कानून नमान्ने चेतावनी दिदै फास्ट ट्र्याकबाट संहिता संसोधन गर्नु पर्ने सुझाउ दिए । हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारले ल्याएको कालो कानूनले चिकित्सकलाई मात्र नभएर विरामी पनि मारमा पर्ने दाबी गरे । उनले भने, ‘ यो कानूनले चिकित्सक गम्भिर प्रकृतिका विरामीलाई रिफर मात्र गर्नेछन् । जसको मार विरामीलाई पर्ने छ ।  नेपाल राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. रमेश ढकालले सरकारले लाद्न खोजेको अहिलेको क्रिमिनल एक्ट(ऐन) लाई सिभिल एक्टमा नबदलेसम्म आन्दोलनबाट पछि नहट्ने चेतावनी दिए । संघले विरोध स्वरुप देशभरिका ६ हजार चिकित्सकका लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएको छ ।

के छ मुलुकी देवानी र अपराध संहितामा  ?

२३२. लापरवाही वा हेल्चक्क्राई गर्न नहुने  ः (१ ) कानून बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा प्रयाप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेल्चक्क्राई गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुदैन ।

(२) उपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान गएमा वा अंगभंग भएका लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्क्राई गरेको कारणबाट मरेकोमा वा अंगभंग भएकोमा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिबाना हुने छ ।

२३१. बदनियत चिताई इलाज गर्न नहुने  ः (१) कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्ने वा औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान गएमा वा अंगभंग हुनसक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मानसिव कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अंगको चिरफार गर्नु पर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो हंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउनु हुदैन ।

(२) उपदफा ( १) बमोजिमको कसूर गर्ने वा गराउनेलाई देहाय बमोजिम सजाय हुने छ ।

(क) कसैको ज्यान गएकोमा ज्यान मारे सरह

(ख) कसैको अंगभंग भएकोमा अंगभंग गराए सरह ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डाक्टरहरुको आन्दोलन–लाइसेन्स फिर्ता गर्ने तयारी
Next article रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132670
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web