• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

September 3rd, 2018 लेखविचार, समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

विष्णु नेपाल
काठमाडौँ, १८ भदौः विशेषगरी किशोरीमा मात्र देखिने रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि भेटिएको छ । शरीरलाई आवश्यक पर्ने सुक्ष्म पोषक तत्व आइरनको कमीले हुने रोगलाई रक्तअल्पता भन्ने गरिन्छ । हरियो सागपात, गेडागुडी, फलफूल आदिमा सुक्ष्म पोषकतत्व आइरन तत्व हुन्छ ।
नेपालमा पहिलो पटक गरिएको एक अध्ययनमा १०–१९ वर्ष उमेर समूहका ११ प्रतिशत किशोरमा रक्तअल्पता, पाँच प्रतिशतमा आइरनको कमी तथा एक प्रतिशतमा आइरनको कमीले हुने रक्तअल्पता देखिएको छ ।
नेपालमा हालसम्म किशोरमा पनि रक्तअल्पता हुन्छ कि हुँदैन भनेर कुनै अध्ययन अनुसन्धान भएको थिएन । परिवार स्वास्थ्य महाशाखाले संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०, अमेरिकी सहयोग नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा सम्पन्न नेपालमा राष्ट्रिय सुक्ष्म पोषण तत्व सर्वेक्षणमा रक्तअल्पता जनस्वास्थ्यको प्रमुख समस्याको रुप लिँदै गएको देखाएको छ ।
ती निकायहरुद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको सर्वेक्षणमा छ देखि ५९ महिनाका हरेक पाँचमध्ये एक बालबालिका, १० देखि १९ वर्षका किशोरी र १५ देखि ४९ वर्षका महिला रक्तअल्पताबाट पीडित रहेका देखाएको छ ।
हिमाल, पहाड, तराईका ७३ जिल्लाका चार हजार ३२० घरधुरीका १२ हजार ५१२ बालबालिका, किशोरकिशोरी तथा महिलामा दुई वर्ष समय लगाएर सो सर्वेक्षण सम्पन्न भएको थियो । सर्वेक्षणमा रक्तअल्पताको प्रकोप सबैभन्दा बढी गर्भवती महिलामा २७ प्रतिशत रहेको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहिलो प्राथमिता कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई आइरन चक्की वितरण तथा बालबालिकामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सञ्चालित छ ।
विश्व स्वास्थ्य सङ्गठनले रक्तअल्पतालाई मातृमृत्यु, शिशु मृत्यु एवं बाल्यकालीन बौद्धिक विकासमा हुने एक प्रमुख कारकका रुपमा लिएको छ । सर्वेक्षणले रक्तअल्पताको प्रकोपदर बढ्दै जाँदा जनस्वास्थ्यको प्रमुख समस्या देखिएको जनाएको छ । सर्वेक्षणले छदेखि ५९ महिनाका १०० बालबालिकामध्ये २१ जनामा जिन्कको कमी समेत देखाएको छ । यसको कमीले बालबालिकामा पुड्कोपन तथा रोगसित लड्ने शक्तिमा ह्रास गराई रोगको दर बढाउछ । सर्वेक्षणमा प्रजनन उमेर समूहका एक चौथाइ महिलामा समेत जिन्कको कमी रहेको देखाएको छ ।
सर्वेक्षणमा छदेखि ५९ महिनाका २० प्रतिशत बालबालिका तथा १५ देखि ४९ उमेर ४० प्रतिशत महिलामा हेलिकोब्याक्टर९एच० पाइलोरीको सङ्क्रमण, १४ प्रतिशत किशोर र १६ प्रतिशत किशोरीमा एच पाइलोरीको सङ्क्रमण पाइएको छ । महिला र बालबालिकामा एच पाइलोरीको सङ्क्रमण दिसामा तथा किशोर किशोरीमा रगत जाँच गरिएको थियो ।
चिकित्सकका अनुसार एच पाइलोरीको सङ्क्रमणले शुरुमा पेट दुख्ने, वाक्वाकी लाग्ने हुन्छ । शुरुमा परीक्षण नभएमा यसबाट अल्सर तथा आमाशयको क्यान्सर हुने सम्भावनासमेत हुनसक्छ । सर्वेक्षणमा विशेष गरी पाँच वर्षमुनिका बालबालिका र यसमा पनि तराई÷मधेशमा बढी रक्तअल्पताको प्रकोप दर बढी रहेको देखाएको छ ।
बालबालिकामा हुने अन्धोपनको प्रमुख कारकतत्वका रुपमा भिटामिन ‘ए’ को कमीलाई लिइन्छ । मोडिफाइड रिलेटिभ डोज रेस्पोन्सका आधारमा गरिएको सर्वेक्षणमा छदेखि ५९ महिनाका चार प्रतिशत बालबालिका तथा १५ देखि ४९ वर्ष का तीन प्रतिशत महिलामा भिटामिन ‘ए’ को कमी देखाएको छ । विशेषगरी तराई क्षेत्रमा यसको कमी बढी भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सर्वेक्षण सार्वजनिक गर्दै आगामी नीति निर्माण तय गर्न सर्वेक्षणबाट निस्केका नतिजाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालमा स्तनपान कक्ष स्थापना
Next article नयाँ कानून संसोधनको माग गर्दै चिकित्सक सडकमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web