• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

June 18th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देशभर रेबिज खोपको अभाव,  अस्पतालमा बढे बिरामी

हेल्थ टुडे,
काठमाडौं, ४ असार : नेपालभरका विभिन्न स्वास्थ्य संस्थामा रेबिज खोपको अभाव हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिज विरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दो छ । खोप अभाव भएपछि सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवालगायत जिल्लाबाट रेबिज खोप लगाउनका लागि अस्पताल आउनेहरुको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोला बताउँछन् ।

‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्थामा रेबिज खोप आपूर्ति गर्दै आएको छ,’ निर्देशक डा बास्तोलाले भने – ‘यो आर्थिक वर्षमा महाशाखाले खोप खरिद गर्न नसकेका कारण देशभरबाट टेकु अस्पताल आउनेको भिड बढेको हो।’

अस्पताल रेकर्ड शाखामा कार्यरत समीर कुमार अधिकारीका अनुसार जेठ महिनामा ६ हजार ९ सय ४७ बिरामीहरु रेबिजको खोप लगाउन अस्पताल आएका थिए । त्यस्तै असारको १,२,३ गते क्रमश १७५,१७३ र १८६ बिरामी रेबिजको खोप लगाउन आएका थिए ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचन यो खरिदसँग जोडिएको विषय भएको बताउँछन्। खोप अभावको समस्यालाई समाधान गर्नका लागि विभागले व्यवस्थापन महाशाखामार्फत प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए। यसअघि गरिएको आयातको प्रयास असफल भएपछि भ्याक्सिन अभावको समस्या मुलुकका विभिन्न भागमा देखा परेको उनको स्वीकारोक्ति छ।

समाधानका लागि मन्त्रालयमा मन्त्री, सचिव लगायतको बैठक समेत बसी खरिदका लागि चाँडै टेन्डर आह्वान हुने उनले जानकारी दिए । खरिद प्रक्रियालाई छिटो गराउने, विश्व स्वास्थ्य संगठनसँगको समन्वय तथा अन्य सहयोगी संस्थाहरूसँग सहयोग मागेर भए पनि तत्कालै समस्या समाधान गरिने उनको दाबी छ । रेबिज भ्याक्सिन अभावले निम्न वर्गका मानिसहरू मारमा पर्ने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन्। पैसा हुनेले निजी तथा अन्यत्र गएर पनि लगाउन सक्ने भएकोले यसको प्रत्यक्ष असर निम्न वर्गमा पर्ने डा। पुनको तर्क छ। जसले गरिबहरूमा रेबिजको जोखिम बढाएको उनको दाबी छ।

रेबिजका बिरामी काठमाडौंमा भन्दा पनि दुर्गममा बढी हुने भएकोले तत्कालै आपूर्ति सहज बनाउन उनको सुझाव पनि छ। रेबिजका कारण कोही पनि मर्न नपरोस् भन्नका लागि यसबारेमा आफूले कार्यक्रम नै चलाएको उनी बताउँछन्। भ्याक्सिन अभावको समस्यालाई सरकारले गम्भीर रूपमा लिएर तत्कालै समाधान गर्नुपर्ने उनको धारणा छ विश्व स्वास्थ्य संगठनका अनुसार रेबिजका कारण विश्वभर हरेक वर्ष करिब ५९ हजार जनाको मृत्यु हुन्छ अर्थात् प्रत्येक ९ मिनेटमा एक जनाको ज्यान जाने गरेको छ । जसमा अधिकांश बालबालिका र गरिब समुदायका मानिस पर्छन् ।

नेपालमा हरेक वर्ष सरकारी स्वास्थ्य संस्थाबाट ६० हजारभन्दा बढी व्यक्तिले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् । निजी स्वास्थ्य संस्थाबाट खोप लिनेहरू पनि हुन्छन् । प्रत्येक वर्ष सयभन्दा बढी व्यक्तिको रेबिजका कारण मृत्यु हुने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी
Next article मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web