• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आनन्दबन अस्पताल गोदावरी नगरपालिकाको गहना : महर्जन

January 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आनन्दबन अस्पताल गोदावरी नगरपालिकाको गहना : महर्जन

हेल्थ टुडे,

लेले, ललितपुर ११ माघ : गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आनन्दबन अस्पताल नगरपालिकाको गहना भएको बताएका छन् । ६६ औं विश्व कुष्ठरोग दिवसको पूर्व सन्ध्यामा शुक्रबार आनन्दबन अस्पताल लेलेमा आयोजना गरिएको बहुपक्षिय अन्तरक्रियामा मेयर महर्जनले देशभरिका सयौं कुष्ठरोगीलाई निशुल्क गुणस्तरीय सेवा प्रदान गरेर नगरपालिकाका लागि अस्पताल गहना भएको दावी गरे । अस्पतालले कुष्ठरोगको उपचारका अलावा सर्वसुलभ रुपमा हाडजार्नी सहित, बालरोग, प्याथोलोजी, फिजियो थेरापी लगायतका उपचार सेवा प्रदान गरिरहेकोले स्थानियवासी अस्पतालले दिने सेवाबाट लाभान्वित भइरहेको महर्जनले खुशी व्यक्त गरे । उनले भने, ‘ आनन्दबन अस्पतालसँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्न चाहन्छ । ’

दी ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले आनन्दबन अस्पतालले अहिलेसम्म २० हजार भन्दा बढी कुष्ठरोगीको उपचार गरेको जानकारी गराउदै समाजिक र कानूनी भेदभाव अन्त्य नभएसम्म उनीहरुले सम्मानजनक जिवन निर्वाह गर्न नसक्ने दावी गरे । विहावारी सम्बन्धी कानूनमा कुष्ठरोगी भए विवाह बदर हुन सक्ने प्रवधान हटाउन पटक पटक पहल गरे पनि बेवास्ता गरेको कँडेलले बताए ।  दी ल्याप्रोसी मिसन नेपाल, आनन्दबन अस्पतालका तालिम प्रमुख गोपाल पोखरेलले भारतको संसदले यही जनवरी ७ तारिखमा नेपालको जस्तै विभेदपूर्ण कानूनी प्रवधान हटाएको जानकारी दिदै नेपाल सरकारले पनि तुरन्त यस किसिमका भेदभावपूर्ण कानून हटाउनु पर्ने बताए ।

कुष्ठप्रभावितहरुको संस्था आईडिया नेपालका अध्यक्ष अमर तिमिल्सिनाले कुष्ठ प्रभावितहरुले समाजमा लुकेर बस्नु भन्दा अगाडि आउनु पर्नेमा जोड दिए । कुष्ठरोग विशेषज्ञ डा. महेश शाहले कुष्ठरोग वंशानुगत रोग नभएको बताउदै सुरुकै अवस्थामा उपचार गराउन सके कुष्ठरोगबाट अंगभंग हुनबाट बचाउन सकिने बताए । कार्यक्रममा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया पनि गरिएको थियो । दी लेप्रोसी मिसन नेपालले सञ्चालन गरिरहेको आनन्द बन अस्पतालमा ८० वेड कुष्ठरोगीका लागि निशुल्क छुट्याइएको छ भने ३० वेड हाडजोर्नी, बालरोग, प्याथोलोजी सहितको सेवा सहितको सशुल्क सेवा उपलब्ध छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश भित्र पर्ने स्वास्थ्य संस्थाहरु प्रदेश सरकारलाई हस्तान्तरण
Next article विश्व कुष्ठरोग दिवस र कानुनी विभेद

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131672
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web