• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

औषधिमा आत्मनिर्भरता र हाम्रो सरोकार

March 15th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधिमा आत्मनिर्भरता र हाम्रो सरोकार

सित्तल श्रेष्ठ
केन्द्रिय अध्यक्ष,
नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ (NMSRA) नेपाल,

हेल्थ टुडे,
काठमाडौ,चैतः
अहिले नेपाली बजार धेरै कोणबाट आत्मनिर्भरताको बहसमा छ । देशले व्यहोरिरहेको करीब १० खर्वको व्यापार घाटालाई हेरेर अव धेरै क्षेत्रमा देश आत्मनिर्भर हुनुपर्छ भन्ने आवाज जोडतोडले उठेको पाइन्छ । देशआत्मनिर्भर हुने कुरालाई राष्ट्रियतासंग पनि जोडेर लिने गरेको पाइन्छ, र हाम्रो देशको बाध्यता पनि आयात अनिवार्य घटाउनु नै हो । नेपालजस्तो विश्वको जलश्रोतको दोश्रो धनी देशमा बार्षिक २ करोडको खानेपानी आयात भएको समाचार भर्खरै सार्वजनिक भयो । यस्तै, कृृषि प्रधान भनिने मुलुकमा कृषिउपजको आयात त झनै भयावह छ । योे अवस्थामा आयात घटाउनु जरुरी त छ तर सबै चिजवस्तु आयात भएर गलत भइरहेको छ त ? केहीबस्तुको आयातले देशलाई र जनतालाई सकारात्मक प्रभाव पनि पारिरहेको हुन्छ ।उदाहरणको लागि विकास निर्माणको कच्चा पदार्थलाई लिन सक्छौ ।

अब लागौं औषधीतर्फ,
नेपालमा खपत हुने करीब ४५ अर्बको औषधीमध्ये करीब २५अर्बको आयात हुने गरेको छ । नेपालमा हाल विभिन्न औषधीको उत्पादन गर्ने ५३ उद्योग संचालनमा छन् र ३० वटा स्थापनाको क्रममा छन् । ति मध्ये जिवन रक्षक (Critical care) औषधी उत्पादन गर्ने उद्योग स्थापना हुँदै गरेका समेत ४ वटा छन् । साथै ३०० भन्दाबढी भारतीय र बहुराष्ट्रियकम्पनीले नेपालमा बजारीकरण गरी नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका छन् । नेपालमा अहिले आत्मनिर्भरताको कुरा गर्दै गर्दा विगत लामो समयदेखि आयातित औषधीले गरेको योगदानलाई नजरअन्दाज गर्न सकिदैन÷मिल्दैन । त्यसो भन्दैमा लामो समयसम्म वा सधै भरी आयात नै गरिराख्नपाउनुपर्छ भन्ने पनि हुँदैन ।
अर्कोतर्फ नेपाली औषधी तथा उधोगको वर्तमान सक्षमता,लगानी र नेपालीको बजारलाई हेर्दा  Intensive care  तथा Critical care  का औषधीहरु अझ लामो समयसम्म आयात मै निर्भर रहनुपर्ने निश्चित छ । त्यस्ता प्रकारको औषधीको लागि नेपालको सानो बजारमात्रको लागि तत्काल गर्नुपर्ने ठूलो लगानी सम्भव पनि देखिदैन । यो अवस्थामा अन्य साधारण औषधीमा गरिने कडाईले त्यस्ता बिशेष औषधीको आपूर्ति असहज भई विरामी सर्वसाधरण नेपालीको सहज स्वास्थ्य माथि पहूँचको अधिकार हनन् हुनसक्ने देखिन्छ ।

विगतको समयमा Lidocaine Hc1Ge1 जस्ता औषधीको अभावले व्यहोर्नु परेको अप्ठयारोको साक्षी धेरै चिकित्सक तथा स्वास्थ्यकर्मी पनि हुनुहुन्छ । जस्को विषयमा विगतमा पटक–पटक आवाज उठ्ने गरेको नै हो । नेपाली बजारमा तयारी औषधीको आयात बन्द गर्दा पर्न सक्ने अल्पकालिन तथा दीर्घकालीन असरहरुको बारेमा सबै सरोकारवालाहरु बिच छलफलको कमी देखिन्छ भने सरकारी स्तरबाट पनि भविष्यमा पर्न सक्ने अप्ठ्याराहरुसंग जुध्न पर्याप्त अध्ययन तथा अनुसन्धान भएको पाइदैन ।

आज समग्र विश्व नै खुल्ला एवं एउटै बजार बन्दै गईरहेको समयमा नेपाललाई औषधीको क्षेत्रमा बन्द बजार स्थापनाको प्रयास कदापि सकारात्मक हुन सक्दैन । विभिन्न विश्व स्तरीय कम्पनी तथा उत्पादनसंगको तुलना र प्रतिस्पर्धाबाट नै नेपाली कम्पनी र उत्पादनले प्रतिस्पर्धात्मक क्षमताविकास गरी आजको गुणस्तरीय अवस्थामा पुगेको कुरालाई हेक्का राख्नु जरुरी छ । त्यसको फलस्वरुप केही उधोगले निर्यात पनि शुरु गरेको समाचार सुन्न पाउनु सुखद कुरा हो ।

र हाम्रो कुरा ः
नेपाली,भारतीय र बहुराष्ट्रिय कम्पनीमा गरी नेपालमा करीब १०,००० को संख्यामा कम्तीमा स्नातक उतीर्ण शिक्षित जनशक्तिले बजार प्रतिनिधीको रोजगारी पाएका छन् । तीमध्ये औषधीबजारको हिस्सा जस्तै करीब ५५ प्रतिशत जनशक्ति आयातित औषधीको बजारीकरणको काम गर्छन । त्यससंगै व्यवस्थापन तहमा काम गर्ने लगभग २००० जनापनि छन् । यी सबै गरी ७५०० रोजगार तथा तिनमा आश्रित परिवारको संख्या ठूलो छ र अप्रत्यक्षरुपमा रोजगारी पाएका आयातकर्ताहरु तथा त्यसमा आश्रित समेत गर्दा बिसौं हजार हुन आउँछन ।

अहिले कुनैपनि कारणले गरिने तत्कालको आयातबन्दले तत्काल ३००० देखि ४००० जनाको रोजगारी गुम्ने देखिन्छ । ति रोजगार गुमाउनेहरु तथा तिनमा आश्रित परिवारको बारेमा सोच्ने दायित्व राज्य एव अन्य सरोकारवालाहरुको नै हो । एक्कासी लगाइने छेकवारले ती परिवारलाई सडकमा ल्याउने निश्चित नै छ । त्यही आयश्रोतको आडमा ऋण लिएर घर जग्गा किनेर बसेका छन । मूख्य कुरा शिक्षित जनशक्ति बेरोजगार बन्ने छन् । नेपाली उद्योगमा हुने रोजगारीको बृद्घिले तत्काल समस्या समाधान गर्न सक्ने देखिदैन । के राज्यले ति सबैलाई खाडी मूलुक पठाउन नै खोजेको हो ? प्रश्न सान्दर्भिक छ । हामी रोजगारी निर्माणको कस्तो कोसिसमा छौं ? यो विषयमा सबै सरोकारवालाबिच पर्याप्त बहस र छलफल अत्यावश्यक छ ।

अन्तमाः
हाम्रो सरोकार भनेको हाम्रा साथीहरुको रोजगारीको सुरक्षामात्र हो । त्यो चाहे कुनै क्षेत्रबाट होस् । नेपाल सरकारले कुनै बाध्यात्मक परिस्थितिको निर्माणभन्दा विभिन्न अनुदान तथा सहुलियतहरु दिन मनासिब देखिन्छ, जसले नेपाली उत्पादकको क्षमताअभिवृद्घि गरोस् । नेपाली उद्योग र नेपाली उत्पादन सबल र सक्षम बन्दै जाँदा बजारमा स्वतःआयात कम हुँदै जानेछ र त्यो बेला सबै भन्दा खुसी हामी नै हुनेछौ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य
Next article जोन्सन कम्पनिबाट क्यान्सर पीडित महिलाले करिब ३ करोड डलर क्षतिपूर्ति पाउने

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web