• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

६ बुँदे घोषणापत्र जारी गर्दै सकियो पाँचौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन

April 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो पाँचौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन

हेल्थ टुडे,

काठमाडौं, २९ चैत : गुणस्तरीय स्वास्थ्य अनुसन्धानका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवामा पहूच बढाउने लगायत  ६ बुँदे घोषणा पत्र जारी गर्दै बुधबारदेखि राजधानीमा सुरु भएको पाँचौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनमा एक हजार तिन सय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुले जनस्वास्थ्य सम्बन्धी विभिन्न बिधाका १३७ वटा अनुसन्धनात्मक प्रस्तुतिकरण गर्दै तिनका बिषयमा विज्ञहरुबिच व्यापक छलफल गरिएको थियो ।  सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अनुसन्धानका आधारमा बनाइने स्वास्थ्य नीति प्रभावकारी हुने दाबी गर्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राखेको बताए । स्वास्थ्य अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रभावकारी कामहरु अगाडि बढाईरहेकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले यस क्षेत्रमा सरकार दातृ निकाय र संघसंस्थाहरुसँग हातेमालो गर्न तयार रहेकोमा जोड दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा. डा.अञ्जनीकुमार झाले स्वास्थ्य मन्त्री यादवले  स्वास्थ्य नीति बनाउदा र तिनलाई कार्यन्वयन गर्दा यो क्षेत्रमा भएका अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने दृढताको परिणाम स्वरुप युवा वैज्ञानिकहरुले भविश्यमा अनुसन्धानकै लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । सम्मेलनमा प्रस्तुत भएका अनुसन्धनात्मक प्रस्तुतिकरणहरुको गहन अध्ययन गरेर स्वास्थ्य नीतिमा लागु गर्न सकिने बुदाहरुलाई समावेश गरि ६ हप्ताभित्र स्वास्थ्य मन्त्रीलाई कार्यन्वयनका लागि सिफारिस गर्न विज्ञ समूह गठन गरिसकिएको जानकारी दिदै अध्यक्ष झाले अनुसन्धान गर्न चाहने जो सुकैलाई पनि परिषद्ले सक्दो सहयोग गर्ने बताए । आफु पनि अनुसन्धान नगर्ने र अरुलाई पनि गर्न नदिएर अल्झाउने प्रवृति घातक रहेको बताउदै डा. झाले भने, ‘ स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्छ की गर्दैन भन्ने प्रश्न उठाउनु आवश्यक नै छैन । परिषद्ले आफुले पनि अनुसन्धान गर्ने हो अरुलाई पनि गर्ने वातावरण बनाउने हो । त्यो काम हामी गरिरहेका छौ । ’ पछिल्लो एक वर्षमा परिषद्ले सिकलसेल एनिमिया, क्यान्सर, मानसिक रोग, नसर्ने रोगको भार जस्ता गहन बिषयमा परिषद्ले अनुसन्धान गरिरहेको बताउदै झाले संघियताको मर्म अनुसार अनुसन्धानलाई अगाडि बढाउन सरकारले सहयोग गर्नु पर्निेमा जोड दिए ।

कार्यक्रममा परिषद्ले प्रकाशित गर्ने रिसर्च जर्नलमा वर्ष भरिमा प्रकाशित रिसर्च आर्टिकल मध्ये उत्कृष्ठ आर्टिकल बाफत मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई ‘ जेएनएचआरसी वेष्ट पेपर अवार्ड २०१८’ र ‘ हेल्थ रिसर्च लाइफटाइम अचिभमेन्ट अवार्ड ’ बाट प्रा.डा. शिवकुमार राईलाई सम्मानित गरिएको थियो । त्यसैगरि ‘ आउटस्ट्यान्डिङ हेल्थ रिसर्च अवार्ड’ डा. सामसूल अन्सारीलाई, मृगेन्द्र सम्झना मेडिकल टष्ट युवा स्वास्थ्य अनुसन्धान अवार्ड बिहुंगम बिष्ट, बेष्ट ओरल प्रजेन्टेसन अवार्ड डा. निशा झा, एनएचआरसी वेष्ट इम्प्लोइ अवार्ड प्रदीप बेल्बासे, बेष्ट पोस्टर प्रजेन्टेसन अवार्ड पुस्कर चन्द्र ठकुरी र एनएचआरसी नियर टू रिटायरमेन्ट अवार्ड रामप्रसाद पोखरेललाई प्रदान गरिएको थियो । सबै पुरस्कार मन्त्री यादवले प्रदान गरेका थिए । सम्मेलनमा भारत, अमेरिका, जर्मनी, चिन लगायतका देशका स्वास्थ्य अनुसन्धानकर्ता र विज्ञहरुको पनि सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी चिकित्सकहरुको आन्दोलन दुई दिनभित्र टुङ्गिने सरकारको दावी
Next article कर्मचारी समायोजनमा स्वास्थ्यकर्मी संघको पनि विरोध, तत्काल त्रुटि सच्याउन माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web