• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

६ बुँदे घोषणापत्र जारी गर्दै सकियो पाँचौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन

April 13th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो पाँचौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन

हेल्थ टुडे,

काठमाडौं, २९ चैत : गुणस्तरीय स्वास्थ्य अनुसन्धानका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवामा पहूच बढाउने लगायत  ६ बुँदे घोषणा पत्र जारी गर्दै बुधबारदेखि राजधानीमा सुरु भएको पाँचौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनमा एक हजार तिन सय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुले जनस्वास्थ्य सम्बन्धी विभिन्न बिधाका १३७ वटा अनुसन्धनात्मक प्रस्तुतिकरण गर्दै तिनका बिषयमा विज्ञहरुबिच व्यापक छलफल गरिएको थियो ।  सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अनुसन्धानका आधारमा बनाइने स्वास्थ्य नीति प्रभावकारी हुने दाबी गर्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राखेको बताए । स्वास्थ्य अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रभावकारी कामहरु अगाडि बढाईरहेकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले यस क्षेत्रमा सरकार दातृ निकाय र संघसंस्थाहरुसँग हातेमालो गर्न तयार रहेकोमा जोड दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा. डा.अञ्जनीकुमार झाले स्वास्थ्य मन्त्री यादवले  स्वास्थ्य नीति बनाउदा र तिनलाई कार्यन्वयन गर्दा यो क्षेत्रमा भएका अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने दृढताको परिणाम स्वरुप युवा वैज्ञानिकहरुले भविश्यमा अनुसन्धानकै लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । सम्मेलनमा प्रस्तुत भएका अनुसन्धनात्मक प्रस्तुतिकरणहरुको गहन अध्ययन गरेर स्वास्थ्य नीतिमा लागु गर्न सकिने बुदाहरुलाई समावेश गरि ६ हप्ताभित्र स्वास्थ्य मन्त्रीलाई कार्यन्वयनका लागि सिफारिस गर्न विज्ञ समूह गठन गरिसकिएको जानकारी दिदै अध्यक्ष झाले अनुसन्धान गर्न चाहने जो सुकैलाई पनि परिषद्ले सक्दो सहयोग गर्ने बताए । आफु पनि अनुसन्धान नगर्ने र अरुलाई पनि गर्न नदिएर अल्झाउने प्रवृति घातक रहेको बताउदै डा. झाले भने, ‘ स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गर्छ की गर्दैन भन्ने प्रश्न उठाउनु आवश्यक नै छैन । परिषद्ले आफुले पनि अनुसन्धान गर्ने हो अरुलाई पनि गर्ने वातावरण बनाउने हो । त्यो काम हामी गरिरहेका छौ । ’ पछिल्लो एक वर्षमा परिषद्ले सिकलसेल एनिमिया, क्यान्सर, मानसिक रोग, नसर्ने रोगको भार जस्ता गहन बिषयमा परिषद्ले अनुसन्धान गरिरहेको बताउदै झाले संघियताको मर्म अनुसार अनुसन्धानलाई अगाडि बढाउन सरकारले सहयोग गर्नु पर्निेमा जोड दिए ।

कार्यक्रममा परिषद्ले प्रकाशित गर्ने रिसर्च जर्नलमा वर्ष भरिमा प्रकाशित रिसर्च आर्टिकल मध्ये उत्कृष्ठ आर्टिकल बाफत मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई ‘ जेएनएचआरसी वेष्ट पेपर अवार्ड २०१८’ र ‘ हेल्थ रिसर्च लाइफटाइम अचिभमेन्ट अवार्ड ’ बाट प्रा.डा. शिवकुमार राईलाई सम्मानित गरिएको थियो । त्यसैगरि ‘ आउटस्ट्यान्डिङ हेल्थ रिसर्च अवार्ड’ डा. सामसूल अन्सारीलाई, मृगेन्द्र सम्झना मेडिकल टष्ट युवा स्वास्थ्य अनुसन्धान अवार्ड बिहुंगम बिष्ट, बेष्ट ओरल प्रजेन्टेसन अवार्ड डा. निशा झा, एनएचआरसी वेष्ट इम्प्लोइ अवार्ड प्रदीप बेल्बासे, बेष्ट पोस्टर प्रजेन्टेसन अवार्ड पुस्कर चन्द्र ठकुरी र एनएचआरसी नियर टू रिटायरमेन्ट अवार्ड रामप्रसाद पोखरेललाई प्रदान गरिएको थियो । सबै पुरस्कार मन्त्री यादवले प्रदान गरेका थिए । सम्मेलनमा भारत, अमेरिका, जर्मनी, चिन लगायतका देशका स्वास्थ्य अनुसन्धानकर्ता र विज्ञहरुको पनि सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्मचारी समायोजनमा स्वास्थ्यकर्मी संघको पनि विरोध, तत्काल त्रुटि सच्याउन माग
Next article सरकारी चिकित्सकहरुको आन्दोलन दुई दिनभित्र टुङ्गिने सरकारको दावी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web