• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

के हो  मिर्गौला प्रत्यारोपण ?

April 16th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हो  मिर्गौला प्रत्यारोपण ?

डा. सुमित आचार्य,

दुवै मिर्गौला काम नगर्ने भएपछि स्वस्थ मिर्गौला (जीवित या मस्तिक मृत्यु भएकोबाट) शल्यक्रिया गरेर मानिसको शरीरमा प्रत्यारोपण गर्नुलाई नै मिर्गौला प्रत्यारोपण भनिन्छ । यसमा मानिसको पेटको तल्लो भागमा दायाँ या बायाँ हालिन्छ । यसमा जीवितबाट लिँदा एकवटा मिर्गौला मात्र निकालिन्छ भने मस्तिष्क मृत्यु भएका मानिसको दुईटै मिर्गौला निकालिन्छ । यसरी मिर्गौला प्रत्यारोपण गर्दा बिरामी खराब मिर्गौलालाई केही गरिँदैन । यदि खराब मिर्गौलामा संक्रमण भइरहेको छ या ठूलो भएर पेटको ठाउँको ओगटेको छ भने मात्र प्रत्यारोपण केही समय पहिला नै खराब मिर्गौला निकालिन्छ ।

मिर्गौला प्रत्यारोपण कसलाई जरुरत पर्छ ?

दीर्घकालीन रूपमा जब दुवै मिर्गौला ८० देखि ८५ प्रतिशत काम गर्न छाड्छन् र औषधिले मात्र बिरामी स्वस्थ हुन सक्दैनन् त्यस्ता बिरामीलाई मिर्गौला प्रत्यारोपणको खाँचो हुन्छ । तर एक्कासि खराब भएको मिर्गौला केही कारणवश क्षणिक रूपमा काम नगरेमा र जाँच गरी हेर्दा पछि काम गर्ने भएमा त्यो बेला औषधिया परिआएमा डायलासिस गरेर उपचार गराउनुपर्छ । मिर्गौला प्रत्यारोपण गर्न नसकिने बिरामीलाई डायलासिस र (हेमोडायलासिसमा पेरिटोनियल डायलासिस (पेटमा पानी हालेर गरिने डायलासिस) गरेर बच्न सकिन्छ ।

प्रत्यारोपण र  डायलासिसमध्ये प्रत्यारोपण राम्रो

प्रत्यारोपणका फाइदा

प्रत्यारोपण जीवन स्तर एकदम राम्रो हुन्छ ।

मानिसले नियमित कार्य सजिलोसँग गर्न सक्छन् ।

डायलासिसमा कृत्रिम फिल्टरबाट गर्ने कामभन्दा भगवान्ले बनाइदिएको मिर्गौलाको काम हरकोणबाट राम्रो हुन्छ जस्तैः (पानीको सन्तुलन, अमिलोपनको सन्तुलन हरमोलहरू उत्पादन नमिक्याकहरूको सन्तुलन)

फराकिलो रूपमा खाना र पानीको परेज ।

शरीर स्वस्थ्य र स्फूर्त हुन्छ ।

दुई, तीन, चोटी चार घण्टा डायलासिसमा बिताउनुपर्ने बाध्यताबाट मुक्ति

डायलासिसभन्दा प्रत्यारोपणमा आयु लामो हुन्छ ।

पुरुषलाई शारीरिक सम्बन्धमा कठिनाइ नहुने र महिलाहरूले बच्चा जन्माउन सकिने ।

प्रत्यारोपणबाट हुने बेफाइदा 

शल्यक्रिया गर्नु पर्ने ।

मिर्गौलाको रिजेक्सन हुन सक्ने खतरा (शरीरले शल्यक्रियाबाट हालेको मिर्गौला अस्वीकार गर्नु ।)

प्रत्यारोपणपछि शरीरले मिर्गौला स्वीकार गर्छ भनेर सय प्रतिशत ग्यारेन्टी हुँदैन तर अहिले प्रयोग हुने औषधि पहिलेको भन्दा रिजेक्सनको समस्या कम हुन्छ ।

प्रत्यारोपणपछि औषधिको सेवन नियमित गर्नुपर्छ र सुरुको अलि महँगो हुन्छ छर औषधिको सेवन भने जसरी गरेन भने मिर्गौलाले काम गर्न छोड्छ ।

औषधिहरूले शरीरको प्रतिरोधात्मक क्षमता कम हुने हुनाले (रगत, छाती मस्तिष्क र पिसाब)को संक्रमण समस्या हुन सक्छ ।

मिर्गौला प्रत्यारोपण कसलाई गर्न सकिँदैन ?

शरीरमा खराब संक्रमण भएको बेला

उपचार नहुने क्यान्सर रोग भएमा

सुस्त मनस्थिति या मनोवैज्ञानिक समस्या भएमा

रगतविरुद्ध एन्टिबडी भएमा क्रसम्याचको रिपोर्ट पोजेटिप भएमा

कसले मिर्गौला दिन मिल्छ ?

१८ वर्ष उमेर माथि

नाता प्रमाण हुने धेरैजसोले

मस्तिष्क मृत्यु भएको मानिसको परिवारको इच्छाअनुसार

मस्तिष्क मृत्युमा पहिला नै स्वयम् दर्ता भएको मान्छेले मस्तिष्क मृत्यु पश्चात्

रगतको ग्रुप नमिलनेमा प्रत्यारोपण गर्न सकिन्छ ?

रगतको समूह नमिलेमा एक परिवारबाट अर्को परिवारसँग मिर्गौला दान साटासाट गर्न सकिन्छ । यसलाई पेयर एक्सचेन्ज भन्न सकिन्छ । हालको समयमा रगतको समूह नमिले पनि रगत सफा गरेर प्लाज्माफेरेसिस र औषधिको मद्दत्तले प्रत्यारोपण गर्न सकिन्छ तर यो महँगो पर्न जान्छ । र यो पेन एक्सचेन्जको भन्दा रिजेक्सनको जोखिम अलि धेरै हुन्छ ।

डायलासिस अघि नै प्रत्यारोपणमा जान सकिन्छ ?

डायलासिस गर्न अघि नै प्रत्यारोपणमा जान सकिन्छ यसलाई प्रिईम्पिटिभ मिर्गौला प्रत्यारोपण भनिन्छ । दीर्घकालीन मिर्गौला रोग लागेका मानिसहरूको १५  देखि २०% मिर्गौला काम गरिरहेको बेलामा यदि आफ्नो मिर्गौला दाता छ भने डायलासिस सुरु हुनुअघि नै प्रत्यारोपणमा जान सकिन्छ । तर  १५% भन्दा मिर्गौला कम काम गरेको छ भने बिरामीलाई डायलासिसद्वारा स्वस्थ बनाइन्छ अनि मात्र प्रत्यारोपण गर्न सकिन्छ ।

मिर्गौला दातालाई के के समस्या हुन सक्छ ?

मिर्गौला प्रत्यारोपण गर्न अघि मिर्गौला दाताको सबै जाँच गरेर मात्र मिर्गौला दान गर्न दिन्छ । यदि सबै जाँच ठीक छ भने मिर्गौला दातालाई कुनै समस्या हुँदैन । उसलाई दैनिक रूपमा आफ्नो काम अरू जस्तै गर्न सक्छ । उसलाई वैवाहिक जीवनमा कुनै पनि असर पर्दैन । एउटा मिर्गौला निकालेपछि अर्काले दुवैको जस्ता काम गर्छ । तर मिर्गौला प्रत्यारोपणमा लिने मान्छेभन्दा मिर्गौला दान गर्ने व्यक्ति प्राथमिकतामा हुन्छ ।

मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई सल्लाह 

चिकित्सकहरूले दिएको औषधि नियमित रूपमा सेवन गर्ने ।

नियमित रूपमा औषधिको मात्रा हेर्नु पर्छ ।

नियमित रूपमा रगतको जाँच गराउने ।

नियमित व्यायाम तौलमा विशेष ध्यान दिने चिल्लो पदार्थ कम भएको खानेकुरा खानपानमा सन्तुलन गर्नु, नियमित खोप लगाउनु ।

फोक्सोको संक्रमणबाट बच्नु, धेरे भीडभाडमा नजानु ।

मिर्गौला तथा प्रत्यारोपण विशेषज्ञ, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नर्भिक अस्पताल

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैसाख ७ र ८ गते हुने प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनको तयारी पुरा
Next article मेडिकल कलेजको ठगी धन्दाः शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुली

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132469
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web