• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल कलेजको ठगी धन्दाः शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुली

April 17th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल कलेजको ठगी धन्दाः शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुली

हेल्थ टुडे,
काठमाडौ,४ बैशाखः काठमाडौं विश्वविद्यालय (केयु) ले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रमका रूपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रूपन्देहीको देवदह मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी असुल्दै आएका हुन् ।

ऊक्त शुल्कसहित अतिरित्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेसद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत पर्छन् । केयूको क्षमताका कारण सम्बन्धन दिन नसकिने भएपछि प्रत्यक्ष रूपमा चल्ने गरी कार्यक्रम विस्तार गरिएको थियो । विराटले सार्वजनिक सूचना नै प्रकाशन गरी विद्यार्थीले तिर्ने ५० हजार शुल्कबराबर प्रतिदिन दुई सयका दरले ब्याज दिनुपर्ने जनाएको छ ।

सरकारले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न ४२ लाख शुल्क तोकेको छ । पहिलो किस्तामा ५० प्रतिशत रकम बुझाएर विद्यार्थी भर्ना हुन्छन् । दोस्रो किस्तामा करिब १० लाख रुपैयाँ बुझाउनुपर्छ । उक्त रकम समयसीमाभित्र नबुझाए कलेजले चर्को ब्याज असुल्ने गरेको हो । १० लाखको ४ सयका दरले दैनिक ब्याज मात्रै ४ हजार उठ्छ । करिब १० लाखको तेस्रो किस्तामा पनि यसै गरी ब्याज असुलिन्छ ।

यसबाहेक पनि यी कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिन्छन् । उक्त रकममा पनि सोही दरले ब्याज लिने गरिएको एक अभिभावकले बताए । ब्याजबापत एउटै विद्यार्थी १० लाखसम्म तिर्न बाध्य भएको अभिभावकको गुनासो छ । अतिरिक्त शुल्क र ब्याजको बिलभर्पाइ भने दिइँदैन ।

विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, डिन राजेन्द्र कोंजुलगायत पदाधिकारीको संरक्षण र मिलमतोमा कलेजले मनोमानी शुल्क र ब्याज लिएको विद्यार्थीको गुनासो छ । पदाधिकारीहरू निजी कलेजले अतिरिक्त रकम असुले पनि धुलिखेलको आंगिक क्याम्पसले बढी रकम नलिएको भनी पन्छिने गरेका छन् । पटकपटक गुनासो र उजुरी गर्दा पनि कारबाहीका लागि चासो नदिएको पीडित विद्यार्थी बताउँछन् ।(कान्तिपुर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व हेमोफिलिया दिवस मनाईदै,कति छन् नेपालमा हेमोफिलियाका बिरामी ?
Next article के हो  मिर्गौला प्रत्यारोपण ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134107
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web