हेल्थ टुडे,
काठमाडौं, २ जेठ : नेपालमा ८.६ प्रतिसतलाई मधुमेहको समस्या देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ७२ जिल्लामा गरेको अध्ययन्ले मधुमेहीको संख्या बढी रहेको देखाएको छ । २० वर्षमाथि उमेर समूहका १३ हजार २ सय व्यक्तिमा परिषद्ले दुई वर्ष लगाएर अध्ययन गरेको हो । ७२ जिल्लाका ४ सय क्लस्टरमा सन् २०१६ देखि २०१८ सम्म गरिएको अध्ययन दुई चरणमा सम्पन्न भएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले अध्ययनमा समावेश गरिएका व्यक्तिहरुको रगत र पिसावको जाँच समेत गरेर यो आकडा निकालिएको बताए । अध्ययनमा साडे ११ प्रतिसतमा दमरोग पाइएको छ भने ६ प्रतिसतमा मिर्गौला रोग र करिव ३ प्रतिसतमा मुटु सम्बन्धी समस्या रहेको पाइएको छ । सूर्तिजन्य पदार्थ र मादक पदार्थ सेवन, रगतमा चिनीको उच्च मात्रा र उच्चरक्तचाप महिलाको तुलनामा पुरुषमा बढी देखिएको अध्ययनले देखाएको छ ।
Leave a Reply