• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धरानमा डेङ्गुको महामारीः तीन सातायता करिब ५० जना उपचारमा

June 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धरानमा डेङ्गुको महामारीः तीन सातायता करिब ५० जना उपचारमा

हेल्थ टुडे,
धरान,१८ जेठः सुनसरीको धरानमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गु रोगको महामारी फैलिएको छ । धरानस्थित विपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत तीन सातायता करिब ५० जना उपचार गराईरहेका छन् । मुख्य गरी लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगु धरान उपमहानगरमा महामारीका रुपमा फैलिएको छ । पछिल्लो समय धरान उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नपुर्याउँदा डेंगुको महामारी फैलिएको स्थानीयको गुनासो छ । धरानमा अहिले ७३ डेंगुका बिरामी भेटिएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पताल धरानमा उपचार भइरहेको छ। प्रतिष्ठानमा ६० जना र विजयपुरमा १३ जनाको उपचार भइरहेको छ।

७३ बिरामीमध्ये एकजना इटहरीका र अन्य ७२ धरानकै छन्। प्रतिष्ठानमा आएका एक सय १४ बिरामीको परीक्षण गर्दा ६० जनामा डेंगू देखा परेको प्रतिष्ठानले जनाएको छ । धरानकै जयपुर अस्पतालमा १३ जना डेंगु बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ।

7प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसर डा विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, डा लोकबहादुर श्रेष्ठ, डा जितेन्द्र ठाकुर, डा रोशन क्षेत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभागका अधिकृत महेश्वर राई र स्वयंसेविकालगायतको टिमले धरानमा फैलिएको डेङ्गुबारे अध्ययन गरिरहेको छ ।

डेङ्गु ‘भाइरस’ फैलाउने लामखुुट्टे खेदाउन उपमहानगरले अल्फा साइफर मेथ्रिन छर्ने काम गरेको थियो। तर स्थलगतरूपमै डेङ्गुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धान आवश्यक भएकाले स्थलगतरूपमै अध्ययन शुरु गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए।

लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर पुल्ने र पेटमा पानी जम्ने र गिजाबाट रगत आउने, शरीर दुख्ने लक्षय देखिने चिकित्सकले बताएका छन् । पोथी लामखुट्टे सफा पानीमा मात्र बस्ने भएकाले घरवरपर पानी जम्न दिनु नहुने चिकित्सकको सुझाव छ । डेंगुको समयमा उपचार नभए बिरामीको ज्यान खतरामा पर्ने भएकाले तत्काल उपचार गर्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डोटीमा आँखा पाक्ने रोगको महामारी, निजी मेडिकल तथा क्लिनिकमा बिरामीको भीड
Next article स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134295
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web