• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा उत्पादित औषधिको मूल्य १० प्रतिशतले बढ्ने

June 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा उत्पादित औषधिको मूल्य १० प्रतिशतले बढ्ने

हेल्थ टुडे,
काठमाडौ,१९ जेठः नेपालमा उत्पादन हुने औषधिको मूल्य १० प्रतिशतसम्म वृद्धि हुने भएको छ । सरकारले औषधिको कच्चा पदार्थमा अतिरिक्त मूल्य कायम गरेपछि आयातितको तुलनामा स्वदेशी औषधि महँगो हुने भएको हो । यसबाट स्वदेशी औषधि उद्योग बन्द गर्नुपर्ने अवस्था आउने व्यवसायीहरू बताउँछन् ।

आर्थिक वर्ष २०७६÷७७ को आर्थिक विधेयकमा हार्मोनाइज्ड कोडको २८ र २९ बाहेकमा आउने कच्चा पदार्थ र सहायक कच्चा पदार्थमा सरकारले भ्याट छुट नदिएका कारण औषधिको मूल्य बढ्ने उत्पादकहरूले बताएका छन् । आर्थिक विधेयकका कारण मूल्य बढ्ने नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले बताए ।

औषधिका लागि अतिआवश्यक निर्माण सामग्रीमा ४३ प्रतिशत कर लाग्ने देखिन्छ । नेपाली औषधि उद्योगलाई निरुत्साहित गर्ने गरी कर लगाइएको औषधि उत्पादकहरूको भनाइ छ । औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठ औषधिको कच्चा पदार्थ र औषधिमा भ्याट लगाउन नहुने बताउँछन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल पनि औषधिको कच्चा पदार्थमा भ्याट लगाउन नहुने बताउँछन् । नेपाली औषधि बजारमा नेपालमा उत्पादित औषधिको मूल्यभन्दा बाह्य देशबाट आयातित औषधिको मूल्य सस्तो पर्ने भएको छ । सरकारले नेपाली औषधि उद्योगको आधारभूत संरक्षणमा चासो नदेखाउँदा र आयातित कच्चा पदार्थमा छुट नदिँदा औषधिको मूल्य ५ देखि १० प्रतिशतसम्म बढ्ने भएको यस क्षेत्रका व्यवसायिको भनाई छ ।

नेपालमा आयात हुने औषधिमा ४ प्रतिशत भन्सार लाग्दै आएको छ र मूल्य अभिवृद्धिकर नलाग्ने व्यवस्था आर्थिक विधेयकमा उल्लेख छ । तर, स्वदेशी औषधि उद्योगले हार्मोनाइज्ड कोडको २८ र २९ बाहेकका अन्य कच्चा पदार्थमा मूल्य अभिवृद्धिकर लगाउँदा विकास क्रममा रहेका नेपाली औषधि उद्योग धराशायी पर्ने देखिन्छ ।

२०७४ सालमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा नेपालमा उत्पादन हुने ३० प्रकारका औषधिको आयात रोक्ने निर्णय भएको थियो । तर, अहिले तिनै औषधि धमाधम आयात भइरहेका छन् । अहिले वार्षिक २० अर्बको औषधि नेपाली उद्योगले धानिरहेको छ भने २५ अर्बको औषधि विदेशबाट आयात हुने गरेको छ ।(राजधानी दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो झाडापखाला ? यी हुन् झाडापखालाबाट बच्ने उपाय....
Next article २४५ ग्राम तौलमा जन्मेकी बालिका पाँच महिना पछि डिस्चार्ज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134291
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web