• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

के हो झाडापखाला ? यी हुन् झाडापखालाबाट बच्ने उपाय….

June 3rd, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हो झाडापखाला ? यी हुन् झाडापखालाबाट बच्ने उपाय….

हेल्थ टुडे,
काठमाडौ,जेठः गर्मीयामको समयमा पानी पर्ने मौसम जेठदेखि भदौ महिनासम्म झाडापखालाको जोखिम बढी हुन्छ । झाडापखालाबाट बालबालिका तथा वृद्धावृद्धहरुमा धेरै जोखिममा हुन्छन् । गर्मी मौसम सुरु भएसंगै झाडापखालाको बिरामी पनि बढ्दै जाने गर्छन् । प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा माहामारीको रुप लिने गरेको छ । झाडापखाला, हैजा जस्ता सरुवा रोगबाट नेपालमा वर्षेनी धेरै नागरिकको ज्यान जाने गरेको छ । झाडापखालाको जोखिममा बालबालिका र बृद्धबृद्धा पर्ने गरेका छन् ।

दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु लाई झाडापखाला भनिन्छ । विशेषगरी ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा झाडापखाला लाग्छ । दूषित खाना, पानी र फोहोर हातको माध्यमबाट झाडापखालाका कीटाणु फैलिन्छन् । भिब्रियो कोलेरा, जुकाहरू (हेलमेन्थ) जस्ता ब्याक्टेरियाको संक्रमणले मानिसमा झाडापखला लाग्छ । एकदेखि दुई पटक दिसा हुँदा सामान्य मानिन्छ । दिसामा चिप्लो पदार्थ सिगान जस्तै मिसिएको छ अथाव पानी÷पानी मात्रै छ भने झाडापखाला लागेको भन्ने बुझ्नुपर्छ ।
झाडापखाला लाग्ने कारण
१. झाडापखाला लाग्ने मुख्य कारण पानी हो । फाहोर खानेपानीमा विभिन्न ब्याक्टेरिया, भाइरसहरु मिसिएको हुन्छ । विना फिल्टर र नउमाली पानी पिउँदा झाडापखाला लाग्ने सम्भावना उच्च हुन्छ ।
२. खाने कुराहरुबाट पनि झाडापखाला लाग्न सक्छ । नेपालीले खाने खानेकुराहरु मिश्रण भएको पाइन्छन् । यति मात्रै होइन विभिन्न खानेकुराहरुमा केमिकल पनि राखिएको हुन्छ जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्ता खाने कुराले झाडापखाला लाग्छ ।
३.गर्मी मौसममा पानीपुरी खाने चलन छ । सेकुवा खाइन्छ र केक पनि खाइन्छ । यस्ता कुराहरुले गर्मी समयमा झाडापखाला लाग्ने सम्भावना बढी हुन्छ ।
४. गर्मी मौसममा शरीरमा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । जसले गर्दा सामान्य कुरामा ध्यान नदिँदा (जस्तै धुलो धुवाँ,फोहोरको कारणले) झाडापखाला लाग्ने जोखिम हुन्छ ।

झाडापखाला लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम उपाय हो । हामीले सामान्य कुरालाई ध्यान दिन सकेको खण्डमा झाडापखाला लाग्नबाट बच्न सकिन्छ । बाहिरको काम सकेर घर फर्किँदा, शौचालय गएपछि, फोहोर बस्तु छोएपछि साबुन पानीले हातखुट्टा मिचिमिची धुने गर्नुपर्छ । खुल्ला ठाउँमा दिशापिसाव नगर्ने, सफा पानी पिउने, सकेसम्म पानी उमालेर पिउने गर्दा रोगबाट बच्न सकिन्छ ।

झाडापखाला लागेपछि जीवनजल पानी खुवाउनु पर्छ । यदि जीवनजल नभएको खण्डमा एक चिम्टी नून, एक मुठी चिनी र एक लिटर पानी घोलेर खुवाउने हो भने पनि केही हदसम्म झाडापखालालाई रोक्न सकिन्छ । झाडापखाला लागेपछि जीवनजल पानीसँगै अरु झोलिलो खानेकुराहरु दाल, फ्रेस जुस ,नरम खाना खानुपर्छ । पानी उमालेर खाने बानीको विकास गर्नुपर्छ ।
झाडापखालाबाट बच्न के गर्ने ?
१.सरसफाईमा ध्यान दिने ,घरको वरिपरी फोहोर नबनाउने
२.पानी उमालेर खाने बानी बसाल्ने । उमाल्न नसकेको खण्डमा सफा पानी (जस्तै घाममा राखेर वा फिल्टर गरेर) खाने
३.बाहिरको खानेकुरा नखाने
४.बाहिरको सडेगलेको खानेकुरा नखाने
५.हरियो सागसब्जी राम्रोसँग पखालेरमात्र खाने
६.बासी र झिँगा भन्केका खानेकुरा नखाने
७. खुल्ला ठाउँमा दिशापिसाब नगर्ने
८.खाना खानुअघि र पछि राम्ररी साबुनपानीले हात धुने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा उत्पादित औषधिको मूल्य १० प्रतिशतले बढ्ने
Next article डेंगु ज्वरोको प्रकोप नियन्त्रण बाहिरः केन्द्रबाट पठाईयो सात सय किट

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132715
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web