• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डेंगु ज्वरोको प्रकोप नियन्त्रण बाहिरः केन्द्रबाट पठाईयो सात सय किट

June 3rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डेंगु ज्वरोको प्रकोप नियन्त्रण बाहिरः केन्द्रबाट पठाईयो सात सय किट

हेल्थ टुडे,
धरान,२० जेठः विगत तीनसाता यता सुनसरीको धरानमा फैलिएको डेंगु ज्वरोको प्रकोप नियन्त्रणबाहिर गएको छ । प्रकोप नियन्त्रण बाहिर गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारलाई गुहारेको छ । डेंगुको प्रकोप नियन्त्रण गर्न स्थानीय स्तरको प्रयास सम्भव नभएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दै सहयोग मागेको हो । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्ः‘ हामीले सकेसम्म डेंगु नियन्त्रण प्रयास गरिरहेकै छौं तर नियन्त्रणमा नआएकाले चिन्तित छौं,काबुबाहिर जान लागेकाले प्रदेश र संघीय सरकारबाट पनि सहयोग आवश्यक छ ।’

धरानमा पछिल्लो ३ सातामा ७५ जना डेंगुका बिरामी भेटिएको पुष्टि भइसकेको छ। सबै बिरामी स्वास्थ्यसंस्थाको सम्पर्कमा नआएकाले यो संख्या अझै बढी हुनसक्ने चिकित्सक बताउँछन्। डेंगुको प्रकोप क्षेत्रमा नियमित फगिङको काम भइरहेको छ। चिकित्सकसहितको ¥यापिड रेस्पोन्स टिमसमेत गठन गरिएको छ। तर डेंगु नियन्त्रणमा आउन सकेको छैन। डेंगु संक्रमित पोथी लामखुट्टेबाट मानिसमा संक्रमण हुने भएकाले पूर्णरुपमा नियन्त्रणमा ल्याउन लामखुट्टेका अन्डा र लार्भा नष्ट गर्नुपर्ने विज्ञ चिकित्सकले बताएका छन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पछिल्लो समय बिरामीको चापले गर्दा मेडिसिन विभागमा बेड अभाव छ। बिरामीलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ। १४ वर्षमुनि र ६० वर्ष उमेरमाथिका मानिसलाई डेंगु संक्रमण भए अवस्था गम्भीर पनि हुनसक्ने चिकित्सक बताउँछन्।

यसैबीच, सुनसरीको धरानमा तीन सातादेखि फैलिएको डेंगु परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले ७ सय थान किट पठाएको छ। जसमध्ये दुई सय पहिला र ५ सय किट आइतबार पठाइएको महाशाखाले जनाएको छ। डेंगुबाट धरान उपमहानगरपालिकाको वाड १५ र ८ डेंगु रोगबाट बढी प्रभावित भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वडा ९, ७ र १३ मा समेत यो रोग फैलिन थालेको छ। डेंगु संक्रमणबाट कसैको मृत्यु नभएको जनाउँदै महाशाखाले हालसम्म नियन्त्रणभित्रै रहेको दाबी गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो झाडापखाला ? यी हुन् झाडापखालाबाट बच्ने उपाय....
Next article ७ बुँदे सहमतिपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर काममा फर्किए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web