• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आज विश्व रक्तदाता दिवसः व्यवस्थापकीय कमजोरीको कारण जहिले पनि रगतको अभाव

June 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आज विश्व रक्तदाता दिवसः व्यवस्थापकीय  कमजोरीको कारण जहिले पनि रगतको अभाव

हेल्थ टुडे,
काठमाडौ,३१ जेठः नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइँदैछ । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने नाराकासाथ यो वर्ष विश्व रक्तदाता दिवस मनाईदै छ । मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा विरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन विश्वभरी यो दिवस मनाउन थालिएको हो ।

स्वस्थ्य मानिसले छ–छ महिनामा रक्तदान गर्दा राम्रो हुन्छ । यसले व्यक्ति स्वस्थ हुन्छ । राजधानी काठमाडौमा माग अनुसार रक्तदाताको संख्या नबढेपछि बिरामीले सधै रगतको अभाव झेलिरहनुपरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक २५० युनिट रगतको आवश्यकता पर्छ । हाल केन्द्रमा दुईसय युनिट मात्र रगत सङ्कलन भइरहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक ५० युनिट रगत अभाव भइरहेको छ ।

तथ्याङ्क अनुसार नेपालका ७७ जिल्लाबाट १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ । हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन हुने गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारका अनुसार मानिसको रगतमा हुने रक्तकणको आयु १२० दिनको हुन्छ । त्यसपछि ती रक्तकण आफै मरेर जाने हुँदा तीन महिनाको फरकमा रक्तदान गर्दा नयाँ रक्तकोषिका बनेर मानव स्वास्थ्य अझ स्वस्थ हुन्छ ।

रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि र हेमोग्लोबिन १२ ग्राम वा सोभन्दा माथि हुनुपर्दछ । एचआइभि, हेपाटाइटिस बि लगायतका रोगीहरूले रक्तदान गर्न मिल्दैन । यस्तै, जन्डिस, मलेरिया, टाइफाइड, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मिर्गौलाको रोग, हेपाटाइटिसजस्ता रोगीले पनि रक्तदान गर्न हुँदैन ।

क्यान्सर र मुटुरोगका बिरामीलाई एकैपटक १५÷१६ युनिटसम्म रगत आवश्यक पर्ने हुनाले रगतको अभाव बढ्दै गएको छ । यस्ता बिरामीलाई अत्यधिक मात्रामा रगत चाहिने हुन्छ । क्यान्सरका बिरामीलाई लामो समयसम्म धेरै मात्रामा रगत दिनुपर्ने हुन्छ । मुटुरोगी, थालेसिमिया, सुत्केरी महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी लगायतलाई पनि धेरै रगत आवश्यक पर्दछ ।

नेपालमा अहिलेसम्म प्रेमसागर कर्माचार्यले भने जीवनमा १५८ पटक रक्तदान गरिसकेका छन् । कर्माचार्य नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष पनि हुन् । उनले १६ वर्षदेखि नै रक्तदान सुरु गरेका थिए । हाल उनी ५५ वर्षका भए । पछिल्लो समय रक्तदानबारे विद्यालयको पाठ्यक्रममा नै समावेश गरिनुपर्ने धारणा देखिँदै आउको छ । व्यवस्थापकीय पक्षको कमजोरीको कारण जहिले पनि रगतको अभाव हुने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्न माग
Next article स्वास्थ्य टोली सवार बस दुर्घटना,२ जनाको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web