• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आज विश्व रक्तदाता दिवसः व्यवस्थापकीय कमजोरीको कारण जहिले पनि रगतको अभाव

June 14th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आज विश्व रक्तदाता दिवसः व्यवस्थापकीय  कमजोरीको कारण जहिले पनि रगतको अभाव

हेल्थ टुडे,
काठमाडौ,३१ जेठः नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइँदैछ । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने नाराकासाथ यो वर्ष विश्व रक्तदाता दिवस मनाईदै छ । मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा विरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन विश्वभरी यो दिवस मनाउन थालिएको हो ।

स्वस्थ्य मानिसले छ–छ महिनामा रक्तदान गर्दा राम्रो हुन्छ । यसले व्यक्ति स्वस्थ हुन्छ । राजधानी काठमाडौमा माग अनुसार रक्तदाताको संख्या नबढेपछि बिरामीले सधै रगतको अभाव झेलिरहनुपरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक २५० युनिट रगतको आवश्यकता पर्छ । हाल केन्द्रमा दुईसय युनिट मात्र रगत सङ्कलन भइरहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक ५० युनिट रगत अभाव भइरहेको छ ।

तथ्याङ्क अनुसार नेपालका ७७ जिल्लाबाट १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ । हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन हुने गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारका अनुसार मानिसको रगतमा हुने रक्तकणको आयु १२० दिनको हुन्छ । त्यसपछि ती रक्तकण आफै मरेर जाने हुँदा तीन महिनाको फरकमा रक्तदान गर्दा नयाँ रक्तकोषिका बनेर मानव स्वास्थ्य अझ स्वस्थ हुन्छ ।

रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि र हेमोग्लोबिन १२ ग्राम वा सोभन्दा माथि हुनुपर्दछ । एचआइभि, हेपाटाइटिस बि लगायतका रोगीहरूले रक्तदान गर्न मिल्दैन । यस्तै, जन्डिस, मलेरिया, टाइफाइड, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मिर्गौलाको रोग, हेपाटाइटिसजस्ता रोगीले पनि रक्तदान गर्न हुँदैन ।

क्यान्सर र मुटुरोगका बिरामीलाई एकैपटक १५÷१६ युनिटसम्म रगत आवश्यक पर्ने हुनाले रगतको अभाव बढ्दै गएको छ । यस्ता बिरामीलाई अत्यधिक मात्रामा रगत चाहिने हुन्छ । क्यान्सरका बिरामीलाई लामो समयसम्म धेरै मात्रामा रगत दिनुपर्ने हुन्छ । मुटुरोगी, थालेसिमिया, सुत्केरी महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी लगायतलाई पनि धेरै रगत आवश्यक पर्दछ ।

नेपालमा अहिलेसम्म प्रेमसागर कर्माचार्यले भने जीवनमा १५८ पटक रक्तदान गरिसकेका छन् । कर्माचार्य नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष पनि हुन् । उनले १६ वर्षदेखि नै रक्तदान सुरु गरेका थिए । हाल उनी ५५ वर्षका भए । पछिल्लो समय रक्तदानबारे विद्यालयको पाठ्यक्रममा नै समावेश गरिनुपर्ने धारणा देखिँदै आउको छ । व्यवस्थापकीय पक्षको कमजोरीको कारण जहिले पनि रगतको अभाव हुने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदका १२ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्न माग
Next article स्वास्थ्य टोली सवार बस दुर्घटना,२ जनाको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131561
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web