हेल्थ टुडे,
डडेल्धुरा,३२ जेठः उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा मृतकका आफन्तले प्रर्दशन गरेका छन् । प्रदर्शनको क्रममा मृतकका आफन्त र प्रहरीबीच झडप भएको छ । चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ ।
अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनसम्म पनि रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो । शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा जन्माएकी उनको रक्तश्राव नरोकिएपछि शुक्रबार उपचारका लागि पुनः डडेल्धुरा अस्पताल पुगेकी थिइन्। उनलाई ८ पिन्ट रगत दिए पनि बचाउन नसकिएको अस्पतालले दावी गरेको छ । ताम्राकारको अवस्था गम्भीर भएपछि ८ पिन्ट रगत दिइएको र रिफर गर्न हेलिकोप्टरको समेत व्यवस्था गरेको अस्पतालको दावी छ । शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ।
Leave a Reply