• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालमा उपकरण बिग्रिने रोगः स्वास्थ्यमन्त्री भन्छन्‘नियतवश उपकरण बिगार्ने काम भईरहेको छ’

July 29th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालमा उपकरण बिग्रिने रोगः स्वास्थ्यमन्त्री भन्छन्‘नियतवश उपकरण बिगार्ने काम भईरहेको छ’

हेल्थ टुडे,
काठमाडौ,१३ साउनः मुलुकको सबैभन्दा जेठो र ठुलो अस्पताल वीर अस्पतालले आईतबार स्थापनाको १३० औं वार्षिकोत्वस मनाएको छ । तर,दिनप्रति दिन अस्पतालको गरिमा र आम नागरिकको विश्वास घट्दै गएको छ । अस्पतालको सेवाको गुणस्तर घट्दै गएको छ भने अस्पतालमा उपकरण बिग्रने रोग नै लागेको छ ।

अस्पतालमा हरेक वर्ष महँगोमा उपकरण खरिद हुन्छ। तर केही महिनापछि बिग्रन्छ। उपचार गर्न आएका बिरामीलाई चिकित्सक एवं प्राविधिकले नजिकको निजी अस्पतालमा रेफर गर्छन् र कमिसन लिन्छन्। मिर्गौला फेल बिरामीका लागि आवश्यक हेमोडायलाइसिस मेसिन बिग्रँदा सेवा खुम्चिएको छ। मेसिन थोरै र बिरामीको चाप धेरै हुँदा डायलाइसिसका लागि महिनौं पालो पर्खनुपर्ने अवस्था छ। त्यस्तै मुटुका लागि आवश्यक क्याथ ल्याब पनि बिग्रेको छ।

चिकित्सक तथा अस्पतालका कर्मचारीले नियतबश नै उपकरण विगार्ने गरेको नागरिकको गुनाशो नयाँ होइन । नागरीकको गुनाशोलाई थप पुष्टि स्वयम् स्वास्थ्यमन्त्रीले गरेका छन् । अस्पतालको १३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भनेः‘ केही महिनाअघि एमआरआइ मेसिन उद्घाटन गरेर गएको अर्को दिन नै बिग्रियो भन्ने खबर आयो, अर्को दिन बिग्रेको होइन बिगारेका हुन् भनियो ।’ रेडियोलोजीसँग सम्बन्धित विषयमा धेरै गुनासो आएको भन्दै मन्त्री यादवले अस्पतालका कर्मचारीले चलाउन नसके पब्लिक पार्टनसिपमा चलाउने चेतावनी समेत दिए।

मन्त्री यादवले सरकारी अस्पतालमा नियतवश उपकरण बिगारेर बिरामी निजी संस्थामा पठाउनेलाई कारबाहीको दायरामा ल्याउने बताए । उपकरण खरिद गर्नुभन्दा सदुपयोग गर्नु ठूलो कुरा भएको भन्दै मन्त्री यादवले भनेः‘अलोकप्रिय कार्य गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। मेडिकल इथिक्स र अनुशासन पालना गर्नुपर्छ ।’

त्यसो त, क्यान्सर उपचारका लागि खरिद गरिएको रेडियोथेरापी तथा टोमोथेरापी मेसिन राख्ने ठाउँ अभाव छ। मेसिन सशस्त्र प्रहरीको गोदाममा राखिएको स्वयम् अस्पतालका कर्मचारीले नै जनाएका छन् । अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरी मेसिन जडान गर्न बंकर निर्माण भइरहेको बताए ।

अस्पताल उपकरण खरिदमा सरकारी अनुदानमै पूर्ण निर्भर छ। उपकरण मर्मत सम्भारका लागि समेत छुट्टै मर्मतसम्भार कोष व्यवस्था छैन। समयमै मर्मतसम्भार हुन नसक्दा सेवा अवरुद्ध हुने गरेको छ । निम्न आर्थिक अवस्था भएका आम नागरीकको एक मात्र विश्वास र भरोसाको केन्द्रमा रहेको वीर अस्पताल त्यहाँ कार्यरत कर्मचारी र चिकित्सककै कारण दिनप्रतिदिन धरासायी हुदै गएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डेंगुको निःशुल्क परीक्षण सुरु,बिरामीलाई राहत
Next article कोशी अञ्चल अस्पतालमा अनुगमन,९० प्रतिशत चिकित्सक अनुपस्थित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web