• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिनादर्ता बिक्री भएका औषधि फिर्ता गर्न औषधि व्यवस्था विभागको ताकेता

August 20th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिनादर्ता बिक्री भएका औषधि फिर्ता गर्न औषधि व्यवस्था विभागको ताकेता

हेल्थ टुडे,
काठमाडौ,३ भदौः  औषधि व्यवस्था विभागले दर्ताबिना बिक्री भइरहेका झन्डै १ हजार औषधि बजारबाट फिर्ता गर्न ताकेता गरेको छ । यस्तै, विभागले दर्ता नभएका औषधि बिक्री गरे औषधि पसलको प्रमाणपत्र खारेज गर्ने समेत चेतावनी दिएको छ ।

सोमबार सूचना जारी गर्दै विभागले भनेको छ ‘ दर्ता नभई औषधि बिक्री नगर्न औषधि विक्रेतालाई अनुरोध छ,केही लुकीछिपी पनि बिक्री भइरहेका छन् । बजार अनुगमनका क्रममा दर्ताबिना औषधि बिक्री गरेको पाइए औषधि ऐन २०३५ अनुसार कारबाही हुन्छ ।’

विभागका अनुसार नेपालमा १८ हजार औषधिका ब्रान्ड दर्ता भएका छन् । झन्डै १ हजार ब्रान्डका खाद्यपूरक औषधि, न्युट्रास्यिुटिकल, मलमजन्यलगायत औषधि दर्ताबिनै बिक्री वितरण भइरहेका जनाइएको छ । विभागले एक सूचना जारी गरी निरीक्षण तथा अनुगमनको क्रममा त्यस्ता औषधिको सञ्चय तथा बिक्री वितरण गरेको पाइएमा औषधि ऐनबमोजिम त्यस्ता औषधि जफत गर्ने चेतावनी दिएको छ ।

विभागले सूचना जारी गर्दै औषधि ऐन, २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा विक्रेताहरूलाई दर्ता भएका औषधि मात्रै बिक्री वितरण गर्न भनेको छ । औषधि ऐन २०३५ को दफा १० बमोजिम औषधि बिक्री वितरण गर्न अनुमति लिएका थोक तथा खुद्रा विक्रेताले ऐनको दफा १० (क) बमोजिम विभागमा दर्ता भएका औषधि मात्र बिक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्रामीण क्षेत्रमा सर्पदंशको उच्च जोखिम
Next article स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली पुनः सिंगापुर जादैँ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132374
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web