• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थ विरुद्घ एकभएर लड्ने एसिया प्रशान्त क्षेत्रका सासंद र मेयरहरुको उद्घोष 

September 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थ विरुद्घ एकभएर लड्ने एसिया प्रशान्त क्षेत्रका सासंद र मेयरहरुको उद्घोष 

पदमराज जोशी,

बोगोर, (इन्डोनेसिया) ८ असोज : सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घ एकभएर लड्ने एसिया प्रशान्त क्षेत्रका सासंद र मेयरहरुको उद्घोष  गरेका छन् । बुधबारदेखि इन्डोनेशियाको बोगोरमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘अलाइन्स एसिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एन्ड नन्कम्युनिकेबल डिजिज’ (एपी क्याट) को चौथो सम्मेलनमा भाग लिन आएका यस क्षेत्रका सांसद र नगरका मेयरहरुले सुर्तीजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्घ एक भएर लड्ने दाबी गरेका हुन ।  

 

एपी क्याटका नामले चिनिने यो सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १२ देशका सांसदहरु र ४७ वटा नगरका मेयरहरुले सुर्तीजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्घको अभियानलाई उचाईमा पुर्याउन सबैको सहकार्य र दृढ संकल्प हुनु पर्नेमा जोड दिएका हुन । सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका सदस्य एवं सांसद खगराज अधिकारीले मेयरहरुको  अलाइन्स भए झै एशिया प्रशान्त क्षेत्रका सांसदहरुको पनि सुर्तीजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्घ अलाइन्स हुनु पर्नेमा जोड दिए । बलियो कानून नभएसम्म सुर्तीजन्य पदार्थ पदार्थ र नसर्ने रोगहरूविरुद्घको लडाई जित्न नसकिने बताउदै हरेक देशका कानून निर्माता सांसदले यसका विरुद्घमा एक हुनै पर्ने अवस्था आएको बताए । प्रतिनिधि सभा महिला तथा वालबालिका समितिकी सभापति समेत रहेकी सांसद निरुदेबी पालले सुर्तीजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्घको लडाई अहिलेका लागि मात्र नभएर भावी पुस्ताको भविश्यका लागि समेत भएकोले यो मुद्दामा सबै एक ठाउमा उभिएर विजय हासिल गर्न सकिने बताइन । बंगालादेशका सांसद समीन हैदर पट्वारीले सुर्तिजन्य पदार्थ सेवनका कारण आफ्नो देशमा बर्षेनी एक लाख २६ हजारको मृत्यु भइरहेको भयाभव स्थिति रहेकोले यसलाई सानोतिनो चुनौतिको रुपमा हेर्न नमिल्ने बताए । उनले बंगालादेश सरकारले सन् २०४० सम्म सुर्तीजन्य पदार्थ रहित देश बनाउने घोषणा गरेको जानकारी दिदै  एक भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । इन्डोनेशियाका सांसद डा. सुमर्जती अर्जसोले सरकारले सुर्तीजन्य पदार्थ निरुत्साहित गर्ने कानून बनाइसकेको बताउदै त्यसको कार्यन्वयनमा लाग्नु पर्ने बेला आइसकेको बताइन । कम्वोडिया, भियतनाम, भारत, म्यान्मार लगायत देशका सांसदहरुले सुर्तीजन्य पदार्थका विपक्षमा कडा कानूनका साथै दृढ अठोट पनि हुनु पर्नेमा जोड दिए ।

बोगोर नगरका मेयर डा. बिमा आर्याले बलियो कानून र स्थानिय समुदायलाई सुर्तीजन्य पदार्थ विरुद्घको अभियानको सारथी बनाउन सके नसर्ने रोगबाट भावी सन्ततीलाई बचाउने सकिनेमा जोड दिए । डा. आर्याको पहलमा अहिले बोगोर नगरमा सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गरिएको छ । म्यान्मारको यंगुनका उपमेयर सोइ ल्विनले सुर्तीजन्य पदार्थको उत्पादन नै बन्द गर्नु पर्नेमा जोड दिदै सुर्ती उद्योग बन्द गर्ने कानून बनाउनमा जोड दिए । उद्घाटन सत्रपछिको सत्र सञ्चालन गर्दै द युनियन एशिया प्रशान्त क्षेत्रका उप निर्देशक डा. तारासिंह बमले इच्छाशक्ति भए सुर्तीजन्य पदार्थ विरुद्घको लडाई जित्न सकिने दाबी गर्दै बोगोरका मेयर त्यसको गतिलो उदाहरण भएको बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कानून उपसचिव पुस्कर नेपालले सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउदै लगेर यसको प्रयोगलाई निरुत्साहित गर्न खोजेको जानकारी गराउदै गत वर्ष सरकारले सुर्तीजन्य पदार्थमा ३० प्रतिसत कर बढाएको बताए । सरकारले बलियो कानून बनाइसकेको र यसलाई कार्यन्वयन गर्न सकिए नसर्ने रोगमाथि ठूलो बिजय हासिल गर्न सकिनेमा जोड दिए । इन्डोनेसिया, स्वास्थ्य मन्त्रालयका सदस्य सचिव ओस्कर प्रिमादीले आफ्नो देशका ७० प्रतिसत व्यक्ति नसर्ने रोगका कारण मृत्युबरण गरिरहेको जानकारी दिदै त्यसको प्रमुख कारक सुर्तीजन्य पदार्थको विक्री बितरण र सेवन रोक्न सबैको सहकार्य हुनु पर्नेमा जोड दिए ।  सम्मेलन बिहीबार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

 

स्वास्थ्य मन्त्रालय, ( इन्डोनेसिया)  एपी क्याट, द युनियन (इन्टरनेसनल युनियन अगेनेस्ट टीबी एन्ड लङ डिजिज) र बोगोर सिटीको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका नेपाललगायत भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यान्मारलगायत १२ देशका सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घ संलग्न सांसद, मेयर सहित  नेता र अभियन्ताहरूले भाग लिँदै छन् । सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्घ एकजुट भएर स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यका साथ एसिया प्रशान्त क्षेत्रका नगरहरूको ‘अलाइन्स’ एपी क्याटको स्थापना सन् २०१६ मा भएको हो । हरेक वर्ष एपी क्याटको सम्मेलन विभिन्न नगरहरूमा हँुदै आइरहेको छ । नेपालको काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिका एपी क्याटको सदस्य हुन । अहिले सदस्य नगरहरुको संख्या ४७ पुगेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौँ मेडिकल कलेजमा एक महिलाले जन्माइन् चम्ल्याहा शिशु
Next article हेल्थ एण्ड ब्युटी एक्स्पो मंसिर पहिलो साता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132473
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web