• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेल्थ एण्ड ब्युटी एक्स्पो मंसिर पहिलो साता

September 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेल्थ एण्ड ब्युटी एक्स्पो मंसिर पहिलो साता

हेल्थ टुडे,
काठमाडौ,१० शुक्रबारः नेपालमा पहिलो पटक हेल्थ एण्ड ब्युटी एक्स्पो हुने भएको छ । काठमाडौको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आउदो मंसिर ५–७ गतेसम्म ‘हेल्थ एण्ड ब्युटी एक्स्पो नेपाल २०१९’ आयोजना हुने भएको हो । ब्राण्डवर्थ प्राइभेट लिमिटेड र सौन्दर्य कला व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको एक्स्पो ३ दिनसम्म चल्नेछ ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले व्यक्तित्व विकास र आत्मविश्वास बढाउन समेत मद्धत गर्ने शारिरीक तथा बौद्धिक सौन्दर्यमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको जानकारी दिए ।

पछिल्लो समय मानिसहरु सौन्दर्यप्रति संवेदनशील बन्दै गएको र बजारमा पनि थरीथरीका सौन्दर्य सामाग्री भित्रिरहेको सन्दर्भमा त्यसले हाम्रो बाहिरी सौन्दर्यका साथै स्वास्थ्य र करियरमै पनि असर पर्ने हुँदा त्यस्ता सामाग्रीबारे सही सूचना प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । कार्यक्रममा आयोजक सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष कमला श्रेष्ठले नेपालको समग्र सौन्दर्य उद्योगलाई प्रोत्साहन गर्न एक्स्पो महत्वपूर्ण हुने दावी गरिन् ।

एक्स्पोमा स्वास्थ्य संस्था, कस्मेटिक्स सामाग्री, सौन्दर्यसंग सम्बन्धित संस्थाहरु, मेकअप, स्पा एण्ड वेलनेस, व्यवसायीक तालिम कोर्स, जिम तथा फिटनेस सेन्टर, योगा तथा ध्यान केन्द्र, लगायतका गरी १ सयभन्दा बढी स्टलहरु रहनेछन् । एकस्पोमा छाला विशेषज्ञहरुले छालासम्बन्धी रोगबारे जानकारी पाउन सकिनेछ ।

एक्स्पोमा छाला विशेषज्ञहरुसहितको सेमिनारको पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ । सबै उमेर समुहलाई लक्षित गरी गर्न लागिएको एक्स्पोमा २ लाख बढीले भ्रमण गर्ने आयोजकको विश्वास छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित
Next article सुर्तीजन्य पदार्थ विरुद्घ एकभएर लड्ने एसिया प्रशान्त क्षेत्रका सासंद र मेयरहरुको उद्घोष 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134104
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web