• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकको अभावले महाकाली अस्पताल सञ्चालनमै समस्या

November 7th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकको अभावले महाकाली अस्पताल सञ्चालनमै समस्या

हेल्थ टुडे,
कञ्चनपुर,२१ कात्तिकः चिकित्सकको अभावले कञ्चनपुरको महाकाली अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अस्पतालमा बिरामी समेत आउन छोडेका छन् । सरकारले दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर उपलब्ध गराउन नसकेपछि महाकाली अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।

अस्पताल प्रशासनका अनुसार १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल स्त्रीरोग विशेषज्ञ डा.हरिकुमार श्रेष्ठ मात्रै कार्यरत छन् । मेडिकल सुपरिटेण्डेनका रुपमा रहेका डाक्टर श्रेष्ठको २ वर्ष पूरा भइसकेको छ भने समायोजनमा परेका डाक्टरसमेत हालसम्म अस्पतालमा हाजिर भएका छैनन् । दरबन्दी अनुसार विशेषज्ञ डाक्टरको पदपूर्ति नहुँदा बिरामीलाई सेवा दिन समस्या मात्र नभई अस्पताल सञ्चालनमै समस्या भएको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले दरबन्दीका डाक्टर पठाउन नसकेपछि अस्पताल विकास समितिले डा.धिरज जोशी र डा.मोहमद अहमद खानलाई नियुक्त गरेको छ । एक सय शैया सञ्चालनमा रहेको अस्पताल भौतिक संरचना अनुसार सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिन्छ । तर अहिले एक जना मात्रै विशेषज्ञ डाक्टर भएकाले बिरामीको संख्या दिनप्रतिदिन घट्दै गएको छ । यस क्षेत्रका बिरामीहरु चर्को मूल्य तिरेर निजी क्लिनीक तथा भारतीय सीमावर्ती बजारस्थित अस्पतालहरुमा गएर उपचार गराउन बाध्य भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिम प्रदेशद्वारा स्वास्थ्य संस्थालाई आधुनिक सुविधायुक्त १६ वटा एम्बुलेन्स हस्तान्तरण
Next article डा.अरुणा उप्रेतिले यस कारण छोडिन ‘बलियो नेपाल’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131846
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web