• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.अरुणा उप्रेतिले यस कारण छोडिन ‘बलियो नेपाल’

November 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.अरुणा उप्रेतिले यस कारण छोडिन ‘बलियो नेपाल’

हेल्थ टुडे,
काठमाडौं, कात्तिक २२ : नेपालबाट कुपोषण हटाउने उद्देश्य राखेर स्थापना भएको ‘बलियो नेपाल’ बाट जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती अलग भएकीछन् । विल गेट्स फाउण्डेसनको सहयोग र चौधरी ग्रुपको प्रत्यक्ष लगानीमा स्थापना भएको बलियो नेपालले कुपोषण हटाउनका लागि चाउचाउ जस्तै तयारी बस्तु उत्पादन गरेर व्यापार गर्ने योजना थाहा पाएपछि आफु जङ फूडको पक्षमा लविङ गर्न नसक्ने भन्दै सल्लाहकार पदबाट राजिनामा दिएको डा. उप्रेतीले जानकारी दिएकी छन् । उनले भनिन, ‘सुरुमा बिल गेट्स फाउण्डेसनको सहयोगमा बलियो नेपालले कुपोषणका क्षेत्रका नयाँ काम गर्दैछ भनेर प्रस्ताव आएपछि संलग्न भएकी हुँ । पछि बलियो नेपालमा चौधरी ग्रुपको लगानी रहने कुरा थाहा भयो र उत्पादन गर्ने बस्तुका बिषयमा पनि क्लियर हुन नसकेपछि मैले सल्लाहकारमा बस्न नसक्ने जानकारी दिएकी छु ।’ चौधरी ग्रुपको चाउचाउ व्यापारमा संलग्न नहुन सयौं शुभचिन्तकहरुले सल्लाह दिएपछि आफु अलग भएको डा. उप्रेतिले जानकारी दिइन ।
डा.उप्रेतीले पहिले सँगै मिलेर काम गर्न राजी भएर अहिले आएर छोडेपछि बलियो नेपाल र यसले कुपोषण घटाउनका लागि उत्पादन गर्न लागेको बस्तुका बिषयमा चर्चा सुरु भएको छ । चौधरी ग्रुपको लगानी र प्रत्यक्ष संलग्नताका स्थापना भएको बलियो नेपालले कुपोषण हटाउने नाममा वाइवाइ चाउचाउ जस्तै जङ फूड उत्पादन गरेर विक्री बितरण त गर्ने होइन ? भन्ने प्रश्न उब्जेको छ । कसैले सर्वोत्तम पिठो जस्तै पोषणयुक्त बस्तु स्कुल स्कुलमा बिक्री बितरण गरिने अड्कल गर्दैछन त कसैले वाइवाइ चाउचाउ जस्तै पोषण तत्व मिसिएको बस्तु ल्याउन लागको अनुमान गरेका छन् । कस्तो किसिमको बस्तु उत्पादन गर्ने भन्ने बिषयमा चौधरी ग्रुपले जानकारी गराएको छैन ।
बलियो नेपालका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ठ्याक्कै कस्तो किसिमको पोषणयुक्त पदार्थ ल्याउन खोजिदै छ भन्ने कुराको जानकारी नदिएर यो कार्यक्रम चाडै प्रदेश नम्बर ५ बाट प्रारम्भ गरिने र देश भरि नै बिस्तार गरिने बताएका छन । उनले भने, ‘ प्रदेश नम्बर ५ बलियो नेपाल पोषण कार्यक्रम सञ्चालन गर्न राजी भइसकेको छ । हामी छिट्टै त्यहाँबाट यो अभियान सुभारम्भ गर्दैछौ । ’ पोषणविज्ञहरुले कुपोषण हटाउने नाममा चौधरी ग्रुपले वाइवाई चाउचाउ बेचे जस्तै झुक्याएर फेरि जङ फूडको व्यापार नहोस भन्दै सचेत गराएका छन । नेपालमा चाउचाउ लगायतका जङफूडका कारण बालबालिकामा कुपोषणको समस्या बढ्दै गइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकको अभावले महाकाली अस्पताल सञ्चालनमै समस्या
Next article स्वास्थ्यमा समस्या आएपछि अनसनरत डा.केसी अस्पताल भर्ना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132374
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web