हेल्थ टुडे,
काठमाडौं, १४ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर टेष्टको शुल्क घटाएर ४४०० रुपैया बनाएको छ । यो भन्दा पहिले मन्त्रालयले केही निजी अस्पताल र शुल्क लिन मिल्ने गरि तोकिएका सरकारी अस्पतालहरुले ५ हजार ५ सय रुपैया लिन पाउने गरि शुल्क तोकेको थियो । पछिल्ला दिनमा पीसीआर टेष्ट महंगो भएको र केही निजी अस्पतालले मन्त्रालयले तोकेको भन्दा बढी शुल्क असुलीरहेको जनगुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क परिमार्जन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पीसीआर टेष्टको शुल्क अब ४४०० रुपैयाँ तोकिएको र सबै सेवा शुल्क जोडेर यो भन्दा बढी लिन नपाएने बताए । सरकारले तोकेको शुल्क भन्दा बढी कसैले लिएको पाइए मन्त्रालयले तत्काल कारवाही गर्ने डा. अधिकारीले दाबी गरे ।
सरकारले निशुल्क र सशुल्क गरि दुई किसिमबाट पीसीआर टेष्ट गर्ने गरिएको छ । अहिलेसम्म देशभरिमा ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर टेष्ट गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
Leave a Reply