• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

August 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

हेल्थ टुडे,
काठमाडौँ, २७ साउन : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले स्वास्थ्य क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुका लागि जापानी इन्सेफ्लाइटिस सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजना गरेको अभिमुखीकरणमा करिव २० जना स्वास्थ्य पत्रकार सहभागी थिए । डब्लुएचओ सर्भिलेन्स अफिसर डा. सोनिया भगतले जापानी इन्सफ्लाइटिसका विषयमा प्रस्तुतिकरण दिएकी थिइन । उनका अनुसार लामखुट्टेले संक्रमित सुँगुर बंगुर, हाँस, बकुल्ला, वा जंगली चराहरुलाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्छ । तर सिधै एउटा मासिनबाट अर्को मानिसमा भने सर्दैन । यो रोगको प्रमुख बाहक क्युलेक्स जातको लामखुट्टे हो । जो खैरो रङको र लामा खुट्टा भएको हुन्छ । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय देखिन्छ । उनले धानखेत तथा पानी भएका तथा पानी जमेका क्षेत्रहरु, सुँगुर तथा हाँस फर्म नजिक भएका बस्तिहरु बढी जोखिमयुक्त भएको समेत बताईन् ।
डा. भगतका अनुसार ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुनु जेईका सामान्य लक्षण हुन् । तर उच्च ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा बढी), टाउको बेस्सरी दुख्नु, शरीरमा कम्पन हुनु, अर्ध चेत वा बेहोस हुनु, शारीरिक कमजोरी वा पक्षघात हुनु वा कोमा पुग्नु यसका गम्भीर लक्षण हुन् ।
सामान्य साधारण लक्षणहरु हुन्छन् । त्यो भनेको सामान्य ज्वरो आउने र टाउको दुख्ने हुन्छ । कतिमा त्यो रोग लागेको लक्षण पनि देखिदैन । उनी अगाडी थप्छिन् यदि कुनै समुदायमा एक जना जापानिज इन्सेफलाइटिसको गम्भीर संक्रमणमा परेका छन् भने त्यहाँ वरपरका २५० बढीलाई त्यसको संक्रमण भएको हुनसक्छ । कार्यक्रममा जानकारी गराईए अनुसार सन् २०२५ मा मात्र नेपालमा जापानी इन्सफ्लाइटिसका कारण ३ जनाको ज्यान गएको छ भने ३४ जनामा संक्रमण देखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ
Next article कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web