हेल्थ टुडे,
काठमाडौं, ८ चैत : गत महिना हृदयघातका कारण निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री स्वर्गीय नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशीले बुधबार स्वयम्भू मन्दिर आसपासका क्षेत्रका बासिन्दाको घरघरमा पुगेर मास्क र सेनीटाइजर बितरण गरेकी छन् । स्वर्गीय जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई उनको निधनपछि आफ्नो परिवारले निरन्तरता दिएको सपनाले बताएकी छन् । बुधबार स्वायम्भुनाथ मन्दिरमा आसपासका घरघरमा पगेर १५ सय मास्क र सेनीटाइजर बितरण गरिएको हो । १ सय ८ दिप प्रज्वलन गरी स्वर्गीय जोशीले सञ्चालन गरेको अभियानलाई पत्नी सहित परिवारले निरन्तरता दिएको हो । .
मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला नेता स्वर्गीय जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए । मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो ।
उनको निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन् । अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छन् । जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाले बताइन ।
जोशीको अभियानले निरन्तरता पाउने पाएपछि उनको निर्वाचन क्षेत्रका स्थानियवासीले खुशी व्यक्त गरेका छन् ।
Leave a Reply