• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महिला आयोगले भन्यो, क्‍वारेन्टाइन तथा आइसोलेसन महिलामैत्री बनाउ

May 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिला आयोगले भन्यो, क्‍वारेन्टाइन तथा आइसोलेसन महिलामैत्री बनाउ

हेल्थ टुडे,

काठमाडौँ, ३१ बैसाख :  राष्ट्रिय महिला आयोगले कोरोना भाइरस संक्रमितहरुलाई राख्न बनाइएका क्‍वारेन्टाइन तथा आइसोलेसनहरु महिलामैत्री बनाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरिका ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेर क्‍वारेन्टाइन तथा आइसोलेसनहरु महिलामैत्री बनाउन निर्देशन गरिएको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले जानकारी दिइन । उनले भनिन, ‘विगतमा क्‍वारेन्टाइनमै महिलाहरु हिंसाको सिकार भएको, असुरक्षा महसुस गरेको घटनाहरु आएको हुँदा फेरि दोहोरिन नदिन मैत्रीपट्ठर्ण बनाउन निर्देशन पठाएका हौं,’ ।

निषेधाज्ञामा लैङ्गिक हिंसाका घटनालाई गम्भीर रुपमा लिन र महिला, बालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु तथा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई राहत, उद्धारमा प्राथमिकता सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार लगायतका विषयमा सरोकारवाला निकायसँग समन्वय गर्न आयोगले ‘उच्चस्तरीय लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी अनुगमन तथा समन्वय समिति’ गठन गरेको छ ।

लामो समयदेखि रिक्त पदमा कार्यभार सम्हालेका पदाधिकारीहरुले सय दिनमा गरेका गतिविधिहरुबारे जानकारी दिँदै अध्यक्ष पराजुलीले कोरोना महामारीमा आयोगले आफ्नो कार्यक्षेत्रमा संवेदनशील भएको बताइन् ।

यसैगरी आयोगले विज्ञहरुमार्फत रोजगारीका अवसरमा महिलाहरूको पहुँच र महिलामैत्री वातावरणबारे अध्ययन, मुलुकी देवानी संहिता २०७४ तथा मुलुकी अपराध संहिता २०७४ कार्यान्वयनपश्चात्‌ महिला अधिकारको प्रचलनमा आएको परिवर्तनसम्बन्धी अध्ययन र संघीय मन्त्रालयबाट महिला सशक्तीकरण एवं लैङ्गिक मूलप्रवाहीकरण सम्बन्धमा भए गरेका कार्यक्रमहरूको विश्लेषणात्मक अध्ययन गरिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आज ६ हजार १३५ जना संक्रमणमुक्त
Next article एनआरएनको सहयोगमा ओमानबाट शनिबार ६०० अक्सिजन सिलिण्डर ल्याइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134282
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web