• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महिला आयोगले भन्यो, क्‍वारेन्टाइन तथा आइसोलेसन महिलामैत्री बनाउ

May 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिला आयोगले भन्यो, क्‍वारेन्टाइन तथा आइसोलेसन महिलामैत्री बनाउ

हेल्थ टुडे,

काठमाडौँ, ३१ बैसाख :  राष्ट्रिय महिला आयोगले कोरोना भाइरस संक्रमितहरुलाई राख्न बनाइएका क्‍वारेन्टाइन तथा आइसोलेसनहरु महिलामैत्री बनाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरिका ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेर क्‍वारेन्टाइन तथा आइसोलेसनहरु महिलामैत्री बनाउन निर्देशन गरिएको आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले जानकारी दिइन । उनले भनिन, ‘विगतमा क्‍वारेन्टाइनमै महिलाहरु हिंसाको सिकार भएको, असुरक्षा महसुस गरेको घटनाहरु आएको हुँदा फेरि दोहोरिन नदिन मैत्रीपट्ठर्ण बनाउन निर्देशन पठाएका हौं,’ ।

निषेधाज्ञामा लैङ्गिक हिंसाका घटनालाई गम्भीर रुपमा लिन र महिला, बालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु तथा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई राहत, उद्धारमा प्राथमिकता सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार लगायतका विषयमा सरोकारवाला निकायसँग समन्वय गर्न आयोगले ‘उच्चस्तरीय लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी अनुगमन तथा समन्वय समिति’ गठन गरेको छ ।

लामो समयदेखि रिक्त पदमा कार्यभार सम्हालेका पदाधिकारीहरुले सय दिनमा गरेका गतिविधिहरुबारे जानकारी दिँदै अध्यक्ष पराजुलीले कोरोना महामारीमा आयोगले आफ्नो कार्यक्षेत्रमा संवेदनशील भएको बताइन् ।

यसैगरी आयोगले विज्ञहरुमार्फत रोजगारीका अवसरमा महिलाहरूको पहुँच र महिलामैत्री वातावरणबारे अध्ययन, मुलुकी देवानी संहिता २०७४ तथा मुलुकी अपराध संहिता २०७४ कार्यान्वयनपश्चात्‌ महिला अधिकारको प्रचलनमा आएको परिवर्तनसम्बन्धी अध्ययन र संघीय मन्त्रालयबाट महिला सशक्तीकरण एवं लैङ्गिक मूलप्रवाहीकरण सम्बन्धमा भए गरेका कार्यक्रमहरूको विश्लेषणात्मक अध्ययन गरिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनआरएनको सहयोगमा ओमानबाट शनिबार ६०० अक्सिजन सिलिण्डर ल्याइने
Next article कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै, आज ६ हजार १३५ जना संक्रमणमुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web